२८ कार्तिक २०८३, शुक्रबार | Fri Nov 13 2026

दक्षिण अफ्रिकामा बस दुर्घटना, ११ को मृत्यु, ३० घाइते


सिन्ह्वा

१ आश्विन २०७५, सोमबार  

112
Shares

जोहनेसबर्ग । दक्षिण अफ्रिकाको लिम्पोपोमा भएको बस दुर्घटनामा परी सोमबार कम्तीमा ११ जनाको मृत्यु भएको छ ।
दुर्घटनाका कारण अरु ३० जना भन्दा बढी घाइते भएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । बस जाम्बियाको रहेको बताइएको छ ।

‘घटनामा परेर ११ जनाको मृत्यु भएको पुष्टी भएको छ,’ एक जना यातायात अधिकृत माकोमा माखुरुपेत्जेले भने । अधिकारीहरुले मृतक तथा घाइतेहरुको पहिचान भइनसकेको बताएका छन् । घाइते मध्ये चालक सहित केही व्यक्तिहरु गम्भीर घाइते भएको उनीहरुको भनाई छ ।

प्रकाशित मिति : १ आश्विन २०७५, सोमबार  ५ : ५० बजे