१ चैत्र २०८२, आइतबार | Mon Mar 16 2026

बाहिङ किरात मुलुखिम बेलायतको अध्यक्षमा रामबहादुर बाहिङ



बेलायत, ७ असोज । बेलायतमा बाहिङ किरात मुलुखिमको शाखा गठन भएको छ । बाहिङ किरात मुलुखिम केन्द्रीय उपाध्यक्ष ईमानसिं बाहिङको प्रमुख आतिथ्यमा आसपोर्ट बेलायतमा मुलुखिमको शाखा गठन भएको हो ।
बेलायतमा भएका बाहिङहरुको भेलाले रामबहादुर बाहिङ राई (माम्खा, ओखलढुंगा) को अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । शाखाको महासचिवमा मानबहादुर बाहिङ राई (भोजपुर) सर्वसम्मत निर्वाचित भएको बाहिङ किरात मुलुखिमका केन्द्रीय उपाध्यक्ष ईमानसिं बाहिङले बताए ।
uk-bahing-kirat-mulukhim-sa
कार्यक्रममा बेलायतमा कामको शिलशिलामा पुगेका र बसोबास गरिरहेका बाहिङ लगायत अन्य किरातीहरुको उल्लेख्य उपस्थिति रहेको समेत उपाध्यक्ष बाहिङले बताए ।

प्रकाशित मिति : ७ आश्विन २०७३, शुक्रबार  ६ : २९ बजे