२७ कार्तिक २०८३, बिहिबार | Fri Nov 13 2026

किशोर, किशोरीहरुमा जीवनउपयोगी सीप तालिमको खाँचो छ : वडा अध्यक्ष क्षेत्री


दिपक शर्मा

१८ कार्तिक २०७५, आइतबार  

133
Shares

नवलपरासी । देवचुली नगरपालिका वडा नं. १६ का वडा अध्यक्ष केशरबहादुर क्षेत्रीले किशोर, किशोरीहरुमा जीवनउपयोगी सीप तालिमको खाँचो रहेको बताएका छन् । जागृति बाल तथा युवा सरोकार नेपालद्धारा सञ्चालन गरिएको किशोरी शसक्तिकरण कार्यक्रम अन्तर्गत देवचुली १६ रजहरमा द्धन्द्ध र सामाजिक समस्या न्युनिकरणमा किशोरकिशोरीको भूमिका विषयक तालिम कार्यक्रमको समापनमा बोल्दै उक्त कुरामा जोड दिएका हुन् ।

देवचुली नगरपालिका गएको भदौ २९ गतेका दिन बालमैत्री नगरको रुपमा नेपालकै दोस्रो नगरको रुपमा घोषणा भएको हो । यसको दिगोपनाका लागि समेत यस्ता खालका कार्यक्रमहरुले सहयोग गरेको र यस्ता खालका कार्यक्रम सवै बालबालिकाहरुले पाउने गरी सञ्चालन गर्न समेत वडा अध्यक्षले बताए ।

उक्त कार्यक्रमका ३० जना किशोरीहरुले देवचुली नगरपालिकामा रहेका किशोरकिशोरीहरुलाई आत्मसुरक्षा, द्धन्द्ध, हिंसा, महिनावारी, सामाजिक समस्याहरु, नेतृत्व विकास र जीवनउपयोगी सीपको बारेमा विद्यालयहरुमा र समुदायस्तरमा सचेतनामुलक विभिन्न कार्यक्रमहरुको आयोजना गर्ने गरेको कार्यक्रमका संयोजक दिपक शर्माले बताए ।

प्रकाशित मिति : १८ कार्तिक २०७५, आइतबार  ४ : ४९ बजे