बुडापेष्ट । हंगेरीका सवैभन्दा जेष्ठ नागरिक इस्टभान्ने बेलिकको निधन भएको छ ।
“अन्ट काटी”को रुपमा पनि चिनिने बेलिकको १ सय ११ वर्षको उमेरमा निधन भएको हङ्गेरीका सञ्चार माध्यमहरुले सोमबार जनाएका छन् । उनको गत शनिबार निधन भएको समाचारमा जनाइएको छ ।

उनी सन् १९०७ मा जन्मिनु भएको हो भने उनी किसान हुन् । उनका तीन छोराछोरी थिए भने सात जना नातिनातिना र १४ जना पनाती पनातीनी र पाँच खनाती खानातिनी रहेका छन् ।
मुलुककै सवैभन्दा जेष्ठ नागरिक भएकाले उनको अन्त्यष्टिको बारेमा अहिले केही जानकारी दिइएको छैन ।
२० कार्तिक २०७५, मंगलबार
84
Shares







