गत कात्तिक १८ गते बितेका स्वर्गीय पद्धमरत्न तुलाधरबारे व्यक्तिगत रुपमा यो पंक्तिकारको सर–संगत र निकटता खासै रहेन । तापनि उनी नेपालको भाषिक अधिकार, सांस्कृतिक अधिकार, आदिवासी जनजाति अधिकार, वर्गीय एवम् श्रमिक आन्दोलन र मानवअधिकारका अभियन्ता र, देशको बृहत् हित चिन्तक थिए भन्नेमा यो पंंक्तिकारलाई रामै्रसँग जानकारी छ ।
हुन त यो पंक्तिकारले पद्धमरत्न तुलाधरबारे केही लेख्नु धृष्टता नै हुन जाला ! तापनि यो धृष्टता गरेको छु । किनभने, स्वर्गीय पद्धमरत्न तुलाधरबारे यो पंत्तिकारभन्दा धेरै जान्नेसुन्ने लेखक, विश्लेषक तथा उनका बालसखा, साथी–संगी लगायतले सञ्चारका विभिन्न माध्यमहरुमा धैरै नै लेखी सकेका छन्, बोली सकेका छन्, उनी कस्ता मानिस हुन् भनी बोलेका छन्, प्रष्ट्याएका छन् । तापनि यो बबुरो लेखक भनाउँदोले पनि पद्धमरत्न तुलाधरका बारेमा आपूmले जानेको, सुनेको र देखेको विषयमा केही लेख्ने जमर्को गरेको छ ।
हुन त स्वर्गीय पद्धमरत्न तुलाधर ज्युले आपूm स्वयम्लाई कसरी मूल्यांकन गरे, आपूmबारे स्वयम्को कस्तो बुझाई रहेको थियो ? यो पंक्तिकाराई थाहा भएन । तर, यो पंक्तिकारको विचारमा भने पद्मरत्न तुलाधरलाई नेपालका विभिन्न स्वार्थ समूहले मात्रै नभएर विदेशी लगायत धेरै व्यक्ति, समूह वा नेपालको राजनीति, मानवअधिकार, स्थाई शान्ति स्थापना, आदिवासी जनजाति लगायत समग्र नेपालको जातजाति, भाषाभाषी, धर्म, समावेशीकरण, समतामूलक सहभागिता, अल्पसंख्यक लगायतका विषयमा चासो लिनेहरुद्धारा प्रयोग भए ! उनलाई प्रयोगशाला बनाए ! धेरैले आवश्यक्ताअनुसार उपयोग गरे । प्रयोग गरे । उनलाई भर्याङ बनाएर सिँढी उक्लिए ।

तर, यो कुरो (पद्मरत्न जानीनजानी धेरै व्यक्ति, समूह वा चासो लिनेहरुद्धारा प्रयोग भए ! उनलाई प्रयोगशाला बनाए ! धेरैले आवश्यक्ताअनुसार उपयोग गरे । प्रयोग गरे । उनलाई भर्याङ बनाएर सिँढी उक्लिए । भन्नेबारेमा) उनको मृत्युपछि लेख्ने, बोल्नेमध्ये धेरैले जिब्रो चपाएर लेखे, बोले । केहीले घुमाएर स्वीकार गरे । यसरी स्वर्गीय पद्मरत्नबारे लेख्ने, बोल्नेहरुमध्ये धेरै कमले मात्रै पद्मरत्न तुलाधर जानीनजानी धेरै व्यक्ति, समूह वा चासो लिने देशी वा विदेशीहरुद्धारा प्रयोग भए ! उनलाई प्रयोगशाला बनाए ! धेरैले आवश्यक्ताअनुसार उपयोग गरे । प्रयोग गरे । उनलाई भर्याङ बनाएर सिँढी उक्लिए । भनी वास्तविकता लेखे । त्यसमध्ये एक हुन्, –पत्रकार, लेखक तथा विश्लेषक झलक सुबेदी । उनले २०७५, कात्तिक २९ गते नयाँ पत्रिका दैनिकमा ‘साझा रत्न ः पद्मरत्न’ शीर्षकमा पद्मरत्न तुलाधरका बारेका एक विश्लेषणात्मक लेख लेखेका छन् । यसरी लेख्ने क्रममा सुबेदीले लेखेका छन्, ‘…. यद्यपि हामीलाई बताइएको थियो, उनी पार्टी सदस्य पनि होइन, मालेका कार्यकर्ता पनि होइनन् बरु काठमाण्डौका नेवार समुदायमा, खासगरी नेपाल भाषा तथा सांकृतिक अधिकारका लागि अभियानरत समूहका बीचमा निकै लोकप्रिय रहेका उनलाई निर्वाचनमा उठाएर उपयोग मात्र गरिएको हो ।’
सुबेदी अगाडि लेख्छन्, ‘यसैबीच सायद ०४२ चैतको अन्तिम साता या ०४३ वैशाख पहिलो साता काठमाण्डौको वसन्तपुरमा भएको चुनावी सभामा उम्मेदारका रुपमा पद्मरत्न तुतालधरले एउटा भाषण गरे । सो भाषणले ०३७ को जनमत संग्रहपछि पहिलोपटक पञ्चायतविरोधी जनमतलाई आपूmतिर शक्तिशाली रुपमा आकर्षित गर्यो । मालेका प्रचारका लागि त यो एउटा यस्तो शक्तिशाली अस्त्र थियो, विचारको कि उनको भाषण रेकर्ड गरिएका चक्काको माग पूरा गर्नसमेत हम्मेहम्मे पर्यो । जहाँ–जहाँ मालेका समर्थक या कार्यकर्ता छन्, त्यहाँ–त्यहाँ त्यसलाई पुर्याइयो र मिलेसम्म बजाएर आममानिसको ध्यान आकर्षित गरियो । पद्मरत्नको भाषणपछि कार्यकर्ता र समर्थकमा आक्रामक उत्साह आयो । यसले पञ्चायतलाई चर्को दबाब सिर्जना गर्यो । र, मुखले बाहिर जे भने पनि पञ्चायतविरुद्ध रहेका अरु दल र खासगरी वामपन्थीहरुको पंक्तिलाई यसले मालेलाई लगाइएका आरोपमाथि पुनर्बिचार गर्न दबाब दियो ।’
माथि एक प्रसंगमा भनिए भैंm स्वयम् पद्मरत्नले भने, आपूm कसैद्धरा प्रयोग भएको कहिल्यै पनि सम्झेनन् होला, किनभने, उनी जीवित रहेसम्म त्यस्तो गाईँगुईँ कतै सुनिएन । बरु उनले समग्र देशको विकास, स्थाई शान्ति, भाषिक अधिकार, मानव अधिकार, सांकृतिक अधिकार, धार्मिक अधिकार, अल्पसंख्यक जातजातिको अधिकार, दलित अधिकार, महिलाको हक–अधिकार, कमैया मुक्ति आन्दोलन, हरुवा–चरुवाहरुको अधिकार, आपूmले सकेको योगदान गरे । कतिपय आन्दोलनको त उनी स्वयम्ले आप्mनो नेतृत्वमा अगुवाई नै गरे ।
भनिन्छ, सत प्रतिशत त विज्ञानले पनि स्वीकारर्दैन । त्यस्तै खस नेपाली भाषामा उखान नै छ ‘दूधले नुहाएको कोही पनि हुँदैन !’ सायद झिना–मसिना कमी कमजोरी पद्मरत्न तुलाधरमा पनि थियो होला । तर, उनलाई एकपटक उनका विरोधीहरुले ! जबरजस्ती विवादित बनाएका थिए । जब २०५१ मा भएको मध्यावधी चुनावमा कुनै पनि दलले बहुमत ल्याएन, तब तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (एमाले) सबैभन्दा ठूलो दलको हैसियतमा सरकारमा गयो । तत्कालीन एमालेका अध्यक्ष स्वर्गीय मनमोहन अधिकारीको नेतृत्वमा अल्पमतको सरकार बन्यो । तब कुनै बेला पूर्व मालेले उपयोग मात्रै गर्ने भनिएका पद्मरत्न तुलाधरलाई पनि केकति कारणले हो ? क्याबिनेट मन्त्री बनाइयो । बरु तत्कालीन माले तथा पछि (एमाले) मा तुलाधरभन्दा कताकता धेरै योगदान गरेका अशोक राईलाई राज्यमन्त्री मात्रै बनाइयो । स्मरण रहोस्, पद्मरत्न तुलाधारले आप्mनो विषय विज्ञताभन्दा फरक अर्थात् स्वास्थ्यमन्त्री सम्हालेका थिए । त्यही क्रममा रौतहट जिल्लाको एक कार्यक्रममा इस्लाम धर्म मान्ने मुस्लिमहरुले आप्mनो धर्मकर्म अनुसारका सांस्कृतिक अधिकारहरु उपभोग गर्न पाउनुपर्ने आशयको भाषण गरेका थिए । प्रायः सबैलाई थाहा भएकै कुरो हो÷थियो कि, इस्लाम धर्म मान्ने मुस्लिमहरुले गाई–गोरुको मासु खान्छन् । जुन सामान्य हो । तर, रौतहट जिल्लाको एक कार्यक्रममा इस्लाम धर्म मान्ने मुस्लिमहरुले आप्mनो धर्मकर्म अनुसारका सांस्कृतिक अधिकारहरु उपभोग गर्न पाउनुपर्ने आशयको पद्मरत्नको भाषणलाई बंग्याएर पद्मरत्नले ‘गाई काटेर खान पाउनपर्छ भनेर भाषण गर’ भनी कोकोहोलो मच्याइयो ।
यसरी नेपालमा धार्मिक रुपमा अनुदारवादी रुझान राख्नेहरुको ग्रान्ड डिजाइनअुसार देशमा झन्डैझन्डै धार्मिक दंगा निम्त्याइयो ।
जे होस् पद्मरत्न तुलाधरले आपूm जीवित हुँदासम्म समग्र देशको विकास, स्थाई शान्ति, भाषिक अधिकार, मानव अधिकार, सांकृतिक अधिकार, धार्मिक अधिकार, अल्पसंख्यक जातजातिको अधिकार, दलित अधिकार, महिलाको हक–अधिकार, कमैया मुक्ति आन्दोलन, हरुवा–चरुवाहरुको अधिकार, गर्न सकेको योगदानलाई हामीले अनन्त कालसम्म सम्झँनु पर्छ भन्दै अल बिदा पद्मरत्न दाजै भन्छु !
kehinajannekulung@gmail.com







