३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026

माथिल्लो सोलुखोला जलविद्युतको संस्थापक शेयर वितरणमा नेविसंघ सोलुको ध्यानाकर्षण




काठमाडौं । नेपाल विद्यार्थी संघ सोलुखुम्बुले माथिल्लो सोलुखोला जलविद्युत आयोजना (२३.५) मेगावाटको संस्थापक शेयरको विषयमा गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । नेविसंघ सोलुका कार्यबाहक अध्यक्ष बालकुमार कार्की र नेविसंघ सोलु-काठमाडौं सम्पर्क समितिका अध्यक्ष द्रोण वास्तोलाद्धारा हस्ताक्षरित विज्ञप्तीद्धारा नेपाली कांग्रेस सोलुखुम्बुको नाम जोडी (NC Investment Pvt. Ltd. नेका सोलु) भनि राबा बैंक गौशाला काठमाडौंमा खाता खोली सामाजिक सञ्जालबाट संस्थापक शेयर आव्हान गरिएकोमा गम्भिर ध्यानाकर्षण भएको बताइएको छ । यस्तो गैरकानुनी कार्यले सिंगो पार्टीलाई बदनाम गर्ने भएकाले त्यस्तो कार्य तत्कालै रोक्न नेपाली कांग्रेस केन्द्रीय समितिमा ध्यानाकर्षण पत्र बुझाइएको नेविसंघ सोलुका कार्यबाहक अध्यक्ष बालकुमार कार्कीले बताए । ‘यो कार्य आम नेता, कार्यकर्ता र सामान्य नागरिकको चासोको विषय रहेकाले आम नागरिकको अधिकार सुनिश्चित गर्नुपर्ने विषय हो’ ध्यानकर्षण पत्रमा लेखिएको छ, ‘तर सिंगो पार्टीलाई बदनाम, बेइजत, दलालीकरण, गर्ने कार्य भएको हुँदा यस कार्यले नागरिकमा पार्टीलाई बदनाम गरिएको हुँदा यसमा संलग्न व्यक्तिहरुलाई तत्काल पार्टीको साधारण सदस्य समेत नरहने गरी निश्कासन गर्न अनुरोध गर्दछौं ।’
एन.सी. इन्भेष्टमेन्ट प्रा.लि.को बैंक खाता हुत्तराज बस्नेत, राजेन्द्र बस्नेत र भलाकाली कुलुङको नाममा खोलिएको समेत कार्यबाहक अध्यक्ष कार्कीले बताए । ‘साथै उत्त विषयमा पार्टीले आयोजनाबाट आम नागरिकको अधिकारलाई सुरक्षित गर्न पहल गरिदिनहुन नेका केन्द्रीय सभापति, पदाधिकारी र केन्द्रीय सदस्यहरुमा अनुरोध गर्दछौं’ ध्यानाकर्षण पत्रमा लेखिएको छ ।

प्रकाशित मिति : ५ मंसिर २०७५, बुधबार  ३ : ३५ बजे