३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026

डोटी जाँदै गरेको बस दुर्घटना, १६ को मृत्यु, २७ जना घाइते




डडेल्धुरा । डडेल्धुराबाट डोटी जाँदै गरेको बस दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ । डा. केआई सिंह राजमार्गअन्तर्गत डडेल्धुराको अमरगढी नगरपालिका–११ रडुवा खोलामा से १ क २९३ नम्बरको बस दुर्घटना हुँदा १० जनाको घटनास्थलमा र ६ जनाको जिल्ला अस्पताल डडेल्धुरामा मृत्यु भएको हो । प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीका अनुसार दुर्घटनामा १६ जनाको मृत्यु भएको छ । बस सडकबाट २ सय मिटर तल खोलामा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा २७ जना घाइते भएका छन् । घाइतेहरुको जिल्ला अस्पताल डडेल्धुरामा उपचार भइरहेको छ ।
डोटीको शिखर नगरपालिका १० को पिसजोन विद्या निकेतनको बस दुर्घटनामा परेको हो । बिहीबार अमरगढी नगरपालिका–८ स्थित उग्रताराको मन्दिरमा लागेको मेला भर्न आएकाहरुले स्कुल बस लिएर आएका थिए । मेला भरेर फर्किने क्रममा बस दुर्घटनामा परेको बताइएको छ ।

प्रकाशित मिति : ६ मंसिर २०७५, बिहिबार  ६ : २४ बजे