
काठमाडौं । भारतले नेपालले एउटा खोला चिनियाँ कम्पनीलाई बेचेको छ । भारतीय कम्पनी जीएमआरले माथिल्लो मस्र्यांदी–२ जलविद्युत्त आयोजनाको लाइसेन्स ११ वर्ष होल्ड गरेपछि चिनियाँ कम्पनीलाई बेचेको हो । त्यही आयोजनाबाट भारतीय कम्पनीले ३ अर्ब रुपैयाँमा लिएको छ ।
६ सय मेगावाटको यो आयोजना हङकङमा मुख्यालय रहेको सिचुवान इन्भेस्टमेन्ट ग्रुप कम्पनीले किनेको छ । यो बेचबिखनलाई लगानी बोर्डले समेत स्वीकृत गरिसकेको छ । लाइसेन्स बेचेबापत प्राप्त हुने रकम भारत लैजान जीएमआरले राष्ट्र बैंकको अन्तिम स्वीकृति पाउन लागेको छ । बेचबिखनको तारतम्य नेपाल सरकारको आंशिक लगानी रहेको बुटवल पावर कम्पनीले मिलाएको हो ।
लगानी गर्न नसकिएको बाहनामा जीएमआरले लाइसेन्स बेच्ने समझदारीपत्र (एमओयू) लगानी बोर्डको स्वीकृति मागेको बताइएको छ । नेपालको खोला बेच्ने जीएमआर कम्पनीलाई २०६२÷०६३ को जनआन्दोलनपछि गठित सरकारले माथिल्लो कर्णाली (हालको ९०० मेगावाट) खुल्ला प्रतिस्पर्धामार्फत दिएको थियो । नेपालको जनविद्युत आयोजना भारतीयले ओगटेर चिनीयाँ कम्पनीलाई बेचबिखन गरेको यो पहिलो घटना हो । सरकार आफैले नै विदेशी कम्पनीलाई लाइसेन्स बेच्न थालेपछि निजी क्षेत्र पनि उसैगरी लाइसेन्स बेच्न अग्रसर भएका हुन् । अन्नपूर्ण







