१६ जेष्ठ २०८३, शनिबार | Sat May 30 2026

नेपाल आइडलबाट निलीमा बाहिरीए




काठमाडौं । सिङ्गीङ रियालीटि शो नेपाल आइड सिजन २ बाट निलीमा थापामगर बाहिरीएका छन् । दर्शकले दिएको भोट र निर्णायकले गरेको निर्णयको आधारमा थापामगर टप ७ बाट बाहिरीएका हुन् ।
७ प्रतिस्पर्धीमध्ये विक्रम बराल, अस्मिता अधिकारी र निलीमा थापामगर बटम थ्रीमा परेका थिए । ‘नेपाल आइडलबाट बाहिरीनु समाप्त होइन, शुरु हो त्यसलाई म प्रमाणित गरेर देखाउँछु,’ थापामगरले भने, ‘हारजीतभन्दा पनि मैले के सिके भन्ने ठूलो कुरा हो ।’
अब नेपाल आईडलको मञ्चमा टप ६ प्रतियोगीले प्रतिस्पर्धा गर्नेछन् । टप ६ मा दमदार प्रतिस्पर्धीको रुपमा अब रबि ओड, बिक्रम बराल, सुमित पाठक, अस्मिता अधिकारी, पवन गीरी र अमित बराल रहेका छन् ।

प्रकाशित मिति : ८ मंसिर २०७५, शनिबार  ४ : २२ बजे