१२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026

निर्वाचनमा पराजयपछि ताइवानी राष्ट्रपतिद्वारा राजिनामा




ताइवान । ताइवानका राष्ट्रपति साई इङ–वेनको दलडेमोक्रेटिक प्रोग्रसिभ पार्टी (डिपीपी) ले स्थानीय निर्वाचनमा नराम्रोसँग पराजय व्यहोरेको छ । राष्ट्रपति साईले स्थानीय निर्वाचनमा आफ्नो दल डिपीपी को पराजयको जिम्मेवारी लिँदै दलको नेतृत्वबाट शनिबार राजिनामाको घोषणा गरेका छन् ।
उनले अकस्मात गरेको राजिनामाको घोषणा सार्वजनिक गर्दै सञ्चारकर्मीसँग भने, ‘मैले आज आएको निर्वाचनको नतिजा पार्टी प्रमुखका हैसियतमा जिम्मेवारी लिँदै राजिनामा दिएको छु ।’
‘हाम्रो प्रयास प्रयाप्त हुन नसकेका कारण पराजय भएको छ । दललाई सफल बनाउन हामीसँगै संघर्ष गरेका पार्टी नेता, कार्यकर्ता तथा शुभेच्छुकप्रति कृतज्ञता प्रकट गर्दै दललाई सफल पार्न नसकेकोमा म क्षमायाचना गर्दछु,’ साइले भने ।

प्रकाशित मिति : ९ मंसिर २०७५, आइतबार  ४ : ५२ बजे