३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026

बेपत्ता ८ वर्षिय बालकको शव गोंगबुमा भेटियो



काठमाडौं । दुई दिनअघि बेपत्ता ८ वर्षिय बालकको काठमाडौं गोंगबुमा शव भेटिएको छ । बेपत्ता बालक प्रयास कुँवरको अपहरणपछि हत्या भएको हो । बालकको शव म्हेपीमा भेटिएको महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहले जानकारी दिए ।

बुबा प्रवीणले सञ्चालन गरेको स्वस्तिका त्रिवेणी गेस्ट हाउसबाट बेपत्ता भएका उनको खोजीमा व्यापक प्रहरी परिचालित भएका थिए । तर, बिहीबार झोलामा पोको पारेको अवस्थामा उनको शव भेटिएको थियो ।
बालकको शवलाई पोष्टमार्टमका लागि लैजाने तयारी गरिएको छ । प्रहरीले घटनामा संलग्न भएको आरोपमा एक जनलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्याङ्जाका महेन्द्र ऐसके छन् । उनी होटल सञ्चालकका ड्राइभर हुन् । एक महिनाअघिबाट मात्रै उनी प्रवीणको होटलमा काम गर्न थालेका थिए ।
बालकको अपहरणपछि उनले फिरौती वा अन्य कुनै माग राखेका थिएनन् । प्रहरी स्रोतका अनुसार मालिकले निकालिदिन्छु भनेर पटकपटक गाली र धम्की दिएपछि अपहरण गरेको ऐसकेले प्रारम्भिक बयान दिएका छन् । यद्यपि, के कारण हो भन्ने विषय निक्र्यौल भइसकेको छैन । प्रयास टाउन प्लानिङको वेलमेन्ट इन्टरनेश्नल स्कुलमा कक्षा १ मा अध्ययनरत् थिए ।

प्रकाशित मिति : १३ मंसिर २०७५, बिहिबार  ३ : ११ बजे