२८ कार्तिक २०८३, शुक्रबार | Fri Nov 13 2026

इरानमा बम बिस्फोटबाट ३ जनाको मृत्यु


एएफपी

२० मंसिर २०७५, बिहिबार  

196
Shares

तेहरान । प्रहरी कमान्ड पोस्टमा बिहीबार भएको एउटा बम आक्रमणमा तीन जनाको मृत्यु भएको सरकारी समाचार संस्था (इर्ना) ले जनाएको छ । इरानको अशान्त चाबाहार शहरमा उक्त आक्रमण भएको थियो ।

स्थानीय टेलिभिजनका अनुसार आतङ्कवादी आक्रमणबाट अरु धेरै व्यक्ति घाइते भएका छन् । बम आक्रमण भएको सिस्तान-बलुचिस्तान प्रान्त पाकिस्तानी बलुची पृथकतावादी र जिहादी समूहको आश्रयस्थल पनि हो । यी समूहले इरान–पाकिस्तानको सीमा वारपार बेलाबखत हिंसात्मक आक्रमण गर्ने गरेका छन् ।

प्रकाशित मिति : २० मंसिर २०७५, बिहिबार  १२ : ०२ बजे