२८ कार्तिक २०८३, शुक्रबार | Fri Nov 13 2026

रात्रि क्लबमा भागदौड हुँदा ६ जनाको मृत्यु, दजनौँ घाइते


एएफपी

२२ मंसिर २०७५, शनिबार  

210
Shares

इटाली । इटालीको मध्य क्षेत्रमा अवस्थित एक रात्रि क्लबमा शनिबार भएको भागदौडमा परी कम्तिमा ६ जनाको ज्यान गएको इटालीका अग्नीनियन्त्रकहरूले जनाएका छन् । बिहान १ः०० बजेको समयमा आकस्मिक खलबली मच्चिएको र यसपछि क्लबमा जम्मा भएका युवाहरूबीच भागदौड मच्चिएको थियो ।

अग्नी नियन्त्रण सेवा प्रदायक स्थानीय कार्यालयले ट्वीटरमार्फत प्रेषित एक विज्ञप्तिमा भनिएको छ, ‘एउटा पिरो गन्धसहितको वस्तुलाई मानिसहरूको भीडबाट छर्किएपछि क्लबमा जम्मा भएका युवाहरू त्रासले भाग्दा कतिपय व्यक्ति लडेका र उनीहरूलाई अन्य व्यक्तिले हतारमा कुल्चेर भाग्ने क्रममा उक्त दुःखद घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ ।’
स्थानीय सामाचारहरूमा एड्रियाटिक सामुद्रिक तटीय क्षेत्रमा रहेको एन्कोना राज्यको कोरिनाल्डो सहरमा ब्लु लानटर्न क्लबभित्र करिब एक हजार व्यक्तिले मनोरञ्जन लिइरहेका समय एक्कासी भागदौड मच्चिएको बताइएको छ । ‘क्लबमा जब अति तीखो गन्ध फैलियो उक्त समय हामीहरू कन्सर्टको पर्खाइमा नाचेर मनोरञ्जन गरिरहेका थियौँ,’ घटनामा घाइते भई उपचाररत एक प्रत्यक्षदर्शी १६ वर्षिय युवकले भने, ‘त्यसपछि हामी क्लबको एउटा आकस्मिक प्रस्थान गेटमा पुग्यो तर क्लबका सुरक्षागार्ड (बाउन्सर) ले फिर्ता हुन भनेपछि फर्कियौँ तर भागदौडका कारण चोट लाग्यो ।’

प्रकाशित मिति : २२ मंसिर २०७५, शनिबार  ८ : ४१ बजे