२७ कार्तिक २०८३, बिहिबार | Fri Nov 13 2026

लिखुपिके गाउँपालिकामा बैंक स्थापना


२७ मंसिर २०७५, बिहिबार  

322
Shares

सोलुखुम्बु । सोलुखुम्बुको लिखुपिके गाउँपालिका केन्द्रमा बैंक स्थापना भएको छ । गाउँपालिकाको केन्द्र चौलाखर्कको काफ्ले चौरमा बुधबार एक कार्यक्रमकाबीच सिटिजन बैंकको स्थापना गरिएको हो ।

उक्त बैंक बैशाखमानै स्थापना भए पनि आर्थिक कारोबार भने बुधबारदेखि मात्र गरेको बैंकका शाखा प्रबन्धक रामबाबु थापाले बताए । बुधबार उद्घाटनको अवसरमा ६० जनाले सेवा लिएको गाउँपालिकाकी उप–प्रमुख प्रमिला बस्नेतले जानकारी दिए । गाउँपालिकामा बैंक स्थापना भए पछि दुईदिनको यात्रा पछि सल्लेरी पुगेर बैंकिङकारोबार गर्नुपर्ने बाध्यता अन्त्य भएको भन्दै स्थानीयबासी खुसी व्यक्त गरेका छन ।
प्रत्येक स्थानीय तहमा निजि या सरकारी बैंक स्थापना गरि सेवा सहज बनाउने राष्ट्रबैंकको नीतिअनुसार बैंक स्थापना गरिएको हो । यो सँगै सोलुखुम्बुको स्थानीय तहमा बैंक स्थापना हुने गाउँपालिका दुई वटा बनेका छन् । यस अघि थुलुङदुधकोशी गाउँपालिका केन्द्र मुक्लिमा भदौ ७ गते लक्ष्मी बैंकको शाखा विस्तार गरिएको थियो ।
केहि दिनभित्रै माप्यदुधकोशी गाउँपालिका केन्द्र बासामा समेत बैंक स्थापना गर्ने गरि तयारी गरिएको गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईले बताए । उक्त गाउँपालिकामा कृषि विकास बैंकको शाखा विस्तार गरिने छ । यता नेचासल्यान गाउँपालिकामा पनि राष्ट्रिय बाणिज्य बैंकको शाखा स्थापना भई काम भईरहेको गाउँपालिका अध्यक्ष डुफकुमार बास्तोलाले बताए ।  Solu F.M.

प्रकाशित मिति : २७ मंसिर २०७५, बिहिबार  ९ : ३८ बजे