४ बैशाख २०८३, शुक्रबार | Fri Apr 17 2026

प्रहरीद्वारा घरेलु मदिरा नष्ट



img_2929_145529ओखलढुंगा, असोज १३– जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले अबैद्य रुपमा उत्पादन गरी विक्रि गर्न ल्याइएको घरेलु मदिरा नष्ट गरेको छ । गाउँबाट सदरमुकाम ल्याउँदै गरेको एक सय लिटर घरेलु मदिरा सदरमुकामस्थित रमाइलोडाँडाबाट जफत गरेर नष्ट गरेको हो ।
प्रहरीले मदिरा हालेर ल्याएका दुई ओटा गाग्री समेत जफत गरेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रमुख, डिएस्पी  मिलन केशीले बताउनुभयो । सदरमुकाममा घरैपिच्छे खाजा नास्ता सँगै घरेलु मदिरा बिक्रि वितरण हुने गुनासो आएपछि प्रहरीले गाउँबाट ल्याइने मदिराको निगरानी थालेको केशीको भनाइ छ ।
व्यापारीहरुलाई समेत घरेलु मदिरा विक्रि वितरण नगर्न सचेत गराइएको प्रहरीले जनाएको छ । मदिरा सेवन गरेर झै झगडा र अपराधका घटना बढ्न थालेपछि अबैध मदिरा कारोवार गर्नेमाथि प्रहरीले निगरानी बढाएको हो ।

प्रकाशित मिति : १३ आश्विन २०७३, बिहिबार  १० : २६ बजे