कविता : भ्रम

7 Shares

काठमाडौं । नेपाली राजनीतिक इतिहासको
पाना ( पानामा राम्रोसँग अध्ययन
गरौं ।
अनि बुझौं लिच्छविकाल ,
मल्ल कालिन ,किराँत कालिन
अनि सबै खाले राजनीतिक
इतिहास हरु

नेपाली राजनीतिक पुराना कथाहरू

जति( जति समय बदलिँदो हुदै गयो
त्यति नै राजनीतिक उथलपुथल हुदै
गयो
साह वंश को इतिहास ,राणा कालिन
अनि पञ्चायत कालको इतिहास
सबै समयमा भएको गतिविधि
राम्रोसँग अध्ययन गरौं ।

 

धेरै धेरै भए राजनीतिक आन्दोलन
नाराबाजी अनि
शान्ति र समृद्धि मिठास पूर्ण भाषण
कथा सुनाए सधैं
हो। जनताको चाहना र
परिकल्पना पनि त्यहीँ थियोे ।

त्यही सुख ,शान्ति समृद्धि र
नेपालमा दिगो विकास स्थायी
शान्ति ल्याउनको लागि
भएका आन्दोलनहरुमा बने
कति सहिद ,कतिले गुमाए
परिवार आफ्नत जन
कति बने टुहुरा ,कतिका पुछ्दै
थियोे । सिंउदोको सिन्दुर
कति को रित्तो भयो काख

त्यो इतिहासको काल खण्ड
देखि आज सम्मको राजनीतिक
हेर्दा हुनैपर्ने हुन सकेन
हुन नहुने जति हुन थाले
सबै लिप्त हुदै गए
पद ,प्रतिष्ठा र कमाउने धन्दा को
मोहमा
सोही कारण नेपाली राजनीतिक
हेर्ने दृस्टीमा अविश्वास हुन थाल्यो ।
जनसमुदायमा

त्यो सबै राम्रोसँग अध्ययन गर्दा
अहिलेको राजनीतिक
आन्दोलन र त्यसबाट हुनुपर्ने
उपलब्धिहरु सबै
जनताहरुले राखिएको आसा
अपेक्षा कतै भ्रम मात्रै हुने हो कि रु

तिलक थापा
अरुण गाउँपालिका
वडा नं ७ मैदाने
भोजपुर

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार