म मृत शरीर

काठमाडौं । समय र परिस्थिति अनुकुल कविता कोर्न र वाचन गर्न सक्ने क्षमतावान व्यक्ति हुन् तिलक थापा,भोजपुरे हालसम्म कविले दर्जनौ कविता पस्काएका छन् । कवि भोजपुरेले पुन म मृत शरीर नामक कविता कोरेका छन् । सो कविता मानव जीवन र मृत्यु याथार्थ सत्य हो त्यस तारेर तर्दैन भन्ने तर्क कविताले प्रवाह गरेको छ ।

जुन दिन म मृत शरीर भएँ,
अलिक परबाट हेरिरहेको थिए अरुहरु
लडिरहेको थियोे स्वासबिहिन शरीर
सुनिँदै थियो आफन्तको चिच्याहट र कोलाहल १

म एकोहोरो हेरिरहनु बाहेक केही थिएन
शरीर लडिरहेको छ
स्वासले छाडेर मुटुको धड्कन बन्द थियो
आँखा एकोहोरो टोलाइरहेका थिए
झिम्क्याउने सामर्थ्य हराएको थियोे

हल्ला चल्यो एकैछिनमा
भिड लाग्यो सबै छिमेकीहरूको
सबै जम्मा भए घाट लैजान
उता कोही रुन लाग्दा म टुलुटुलु हेर्नु बाहेक केही थिएन
कसरी सम्झाउनु म मृत शरीरमा पल्टिएको थिएँ स्वासबिहिन

एकैछिनमा कसिलो गरी बाँधेर सेतो कात्रोभित्र
शंखको एकोहोरो ध्वनिसहित भेटी छर्दै लगे घाटतिर
उता घरमा कोलाहल मच्चिएको थियो रुनेहरुको
तर म मृत शरीर,
ती आफन्त छोडेर सधैँको लागि जाँदा
गएको है भनेर भन्ने शब्द निकाल्न सकिनँ

पर चौतारीमा विश्राम गराउने काम भयो
विधि पूरा गराउने काम भयो
म चुपचाप हेरिरहेको थिएँ
मेरो मुटु चल्न छोडेर नशा रक्तबिहिन भइसकेका थिए

ध्वनि निकाल्ने कुनै शक्ति बाँकी थिएन मसँग
केही समयमै घाट पुर्‍याउने काम भयो
चिता तयारी भयो
त्यसैमाथि नाङ्गै लम्पसार सुतिरहेको
मेरो मृत शरीरमा दागबत्ती शुरु भयो।

केही क्षणमा नै म मृत शरीर खरानी बनेँ
सबै जना त्यो खरानी पखाल्नु पर्छ भन्दै पानी छ्याप्न थाले
मैले सबै हेरिरहेको थिएँ
सबै फर्केर हिँड्न लाग्दा
बाटोमा काँढा राखेर बार लगाउने काम हुँदैथ्यो

म मृत शरीर
त्यति मेहनत गर्नेहरुलाई
सधैंको लागि बिदा है भन्न नि सक्दिन थिएँ ।
किनकि म मात्र मृत आत्मा थिएँ
सबै त्यो देखेपछि सम्झेँ
जिउँदो हुँदा घमण्ड र वैमनस्य छलकारी जाली खेल
तर खै के गर्ने म मृत शरीर ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार