५ आश्विन २०८३, सोमबार | Mon Sep 21 2026

रंगहीन जीवन


चन्द्रबहादुर लामा

२७ भाद्र २०७९, सोमबार  

126
Shares

छिरविर छिरविर
जीवनको रंगहरु
क्यानभासमा पोतिएका
यत्रतत्र नमिल्दो जस्तो लाग्ने
कतै रंग रंगहिन जस्तो
कतै रंग रंगीन जस्तो

अरस्तुको जीवन सिद्धान्त डगमगाएको
कार्लमाक्र्सको द्धन्द्धात्मक भौतिकवादभन्दा पनि अति
अरस्तुको जीवन सिद्धान्त डगमगाउने
कतै मिल्यौभन्दा मिले जस्तो
कतै बिग्रियोभन्दा बिग्रे जस्तो
रंग रंगबीच द्धन्द्धले ज्वारभाटा उठे जस्तो
कतै द्धन्द्धको अवसान भए जस्तो

तिमीले भनेको
मैले भनेको
वा
हामीले भनेको
जीवन, जीवन जस्तो नभएर
केवल मृत्युको पर्खाइमा जस्तै
परिवर्तन भएको
जीवनको अर्थ
मिलाउन नसकेको जीवनको रंग
रंगहिन भएको छु
खोक्रो दर्शन र सिद्धान्त जस्तै

Sagarmatha

चन्द्रबहादुर लामा
कीर्तिपुर, काठमाडौं

प्रकाशित मिति : २७ भाद्र २०७९, सोमबार  ३ : ५२ बजे