काठमाडौं । संसारमा धेरै प्रकारका मानिसहरूको जन्म हुन्छ । जसरी हरेक मानिसका आवरण फरक हुन्छन् । त्यसरी नै इच्छा, चाहना र क्षमता फरक–फरक हुन्छन् । जस्तो देखिन्छ, त्यो सत्य नहनु पनि सक्छ । कुनै कुनै घटनाहरू कल्पनाभन्दा पनि फरक हुन्छन् । जसरी कालान्तरदेखि नै युगीन परिवर्तनको लागि उमेर, जवानी, गाली, घृणा, सबै सबैको सामना गर्दै समाजमा सच्चा नागरिक भएर बाँच्न र विकासलाई आत्मसाथ गर्दै अगाडि बढ्दै आएकी एक कर्मठ, मेहनती, शालिन र दृढ स्वभावकी व्यक्तित्व हुनुहुन्छ–विष्णुदेवी पुडासैनी । केही गर्न चाहनेहरुको निम्ति उदाहरणीय र प्रेरणादायी महिलाहरू हुन् उनी ।
कागेश्वरी नगरपालिका वडा नंं ३ भद्रवास स्थानीय घर भएकी पुडासैनी सानैदेखि सामाजिक क्षेत्रमा अग्रणी भूमिकामा थिइन् । उनी आफूलाई सामाजिक भावका प्रेरकको रुपमा अंगुरबाबु जोशीलाई सम्झन्छन् । जीवन उपभोग गर्नका लागि मात्र पाएको होइन, जीवन सदुपयोग गर्नु मानवीय प्राणत्व हो, भन्ने उनको दृष्टिकोण छ । उनले पञ्चायतकालदेखि नै आफूलाई सामाजसेवामा समर्पित गर्दै आइरहेका छन् । उनी भन्छन्, ‘विगतमा हाम्रो जस्तो पितृसत्तात्मक मुलुकमा महिलाले गरेका निर्णय र विचारलाई स्वीकार्न नसक्ने अवस्था थियो ।’ जसका विरुद्धमा उनी वि.सं. २०४९ सालमा गाविस अध्यक्ष भइ काम गरिसकेका छन् । २०÷२१ वर्षको कलिलै उमेरमा उनलाई समाजसेवामा समर्पित हुने अवसर मिलेको उनले बताए । राजनीतिसँगै धार्मिक कार्यहरूमा समेत प्रगाढ आस्था राख्नुहुने उनले स्थानीय मठमन्दिर र देवालयहरूको निर्माणसमेत सक्रिय टेवा पु¥याउँदै आइरहेका छन् ।
वि.सं. २०३३ सालमा गाउँफर्क अभियानमा वडा नंं ९ को वडाध्यक्ष समेत रहेर सामाजिक कार्य गर्दै चेतनामूलक राजनीतिमा नेतृत्वदायी भूमिका निर्वाह गरिसकेका छन् । किताबको ज्ञान सानै उमेरमा लिन नपाएकै कारण एकैपटक कक्षा आठमा भर्ना भई शिक्षारम्भ गरेकी विष्णु चेतनाको ज्ञानलाई परिचालन गर्दै अगाडि बढेका छन् । पञ्चायती व्यवस्थाको विरोधी भएकै कारणले उनले आफ्नो वडाअध्यक्ष पदबाट राजीनामा समेत दिनुपरेको उनको भनाई छ ।
विकास भनेपछि त सामाजका आँखा ठूलो हुन्छन् तर उनले खहरे, बाटोघाटो, स्वास्थ्यचौकीजस्ता स्थानीय तहका कामलाई प्राथमिकता साथ अगाडि बढाएका छन् । ‘आजसम्म जेजति गरेँ, अब गर्न नसकुँला तर अब भने स्थानीय सरकारलाई नै सम्पूर्ण जिम्मा दिन चाहन्छु,’ उनले भने । महिला गाविस अध्यक्ष समेत रहेकी विष्णुदेवी आफू सीप सिकेर आत्मनिर्भर हुन सबैलाई उत्प्रेरित गरिरहन्थिन् । उनको सक्रियतामा सुन्दरीजलमा सुन्दरीमाईको अगाडि बस्न मिल्ने ठाउँ बनाएका छन् । उनले सीपमुलक तालिमहरू समेत सञ्चालन गरिरहेका छन् । डाँछीदेखि भद्रवाससम्म बाटो पिच गर्ने कार्यमा समेत पुडासैनीको उल्लेख्य योगदान रहेको छ । ‘अहिले भद्रवासमा भद्र, बुद्धिजीवि र विकासप्रेमी मानिसहरू कम हुँदै गएका छन्’ उनले भने ।
महिलाहरूलाई चुलाचौकोबाट बाहिर निकाल्नका लागि विभिन्न सीपमुलक तालिम प्रदान गर्दै आएकी छिन् । सहकारीको अवधारण शुरुवात गर्दै महिलालाई वचत नै आम्दानी हो भन्ने अवधारणा बसाल्दै आज वचत गर्ने बानी विकास हुनका साथै धेरैजनाले रोजागरी समेत पाएका छन् । यो देख्दा लाग्छ शुरु गर्नु नै सफलताको सूचक रहेछ भन्ने अनुभूति उनको छ । ‘राउण्ड टेवल टु’ संस्थासँग मिलेर काठमाडौँका विभिन्न विद्यालय तथा प्लसटुका विद्यार्थीहरूलाई छात्रावृत्ति तथा शैक्षिक सामग्री समेत वितरण गरेका छन् ।
शिक्षाले जीवनलाई सरल रुपमा अगाडि बढाउन मद्दत गर्दछ । तर शिक्षा लिन नसक्ने व्यक्तिहरूलाई हौसला दिँदै उनी भन्छन्, ‘शिक्षाशक्तिले भन्दा इच्छा शक्तिले काम पूरा गर्न सकिन्छ ।’ ठूलो कुरा गरेर होइन सीप सिकेर सदुपयोग गर्नु जीवन जिउने आधार सबैको निम्ति महत्वपूर्ण कुरा हो उनको तर्क छ । जीवनमा सानै उमेरदेखि संघर्षशील रहँदै आएकी विष्णुदेवीलाई युवाहरू विदेश पलायन भएको पटक्कै मन पर्दैन । युवाहरूको विदेश पलायन रहर होइन, बाध्यता हो । तसर्थ, सरकारीस्तरबाटै युवा पलायन रोक्ने कार्यक्रमहरू सञ्चालन गर्नु जरुरी देखिन्छ । यदि युवाहरूलाई स्वदेशमा नै रोजगारी सिर्जना गरी युवा जोश र पसिना नेपालमै बगाउने वातावरण सिर्जना गर्नु सक्नुपर्ने उनको भनाई छ ।
६८ वर्षीय विष्णुदेवी पुडासैनीले पञ्चायतकालदेखि गणतन्त्र अवधिको समेत अनुभव गरिसकेका व्यक्ति हुन् । उनी धुम्रपान र मदिरारहित समाज हेर्न चाहन्छिन् । असल शासन अमनचैनको प्रत्याभूति दिलाउने कार्यमा सदैव सबैलाई उत्प्रेरित गर्दै आइरहेका छन् । भद्रबास क्षेत्रलाई अझै भद्र र सभ्य पहिचान दिलाउने इच्छा मनभरी राखेर साँच्चै सामाजिक सेवा दत्तचित्त भई लागि परेकी छन्, पुडासैनी ।
पञ्चायतकालदेखि गणतन्त्रसम्म भोगेकी विष्णुदेवी
126
Shares