खोटाङ । खोटाङको दिप्रुङ्ग चुईचुम्मा गाउँपालिका अध्यक्ष भूपेन्द्र राईलाई विभिन्न योजनामा आर्थिक अनियमितता गरेको भन्दै स्थानीयले १८ वटा मुद्धा दर्ता गरेका छन् । अध्यक्ष राईले गाउँपालिकाको केन्द्र आफूखुसी सारेको, विभिन्न योजनामा अनियमितता गरेको भन्दै जिल्ला अदालत, पुनरावेदन अदालत, सर्वोच्च अदालत र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा स्थानीय र सरोकारवालाले मुद्धा दिएका हुन् ।

अध्यक्ष राईमाथि जिल्ला अदालतमा जालसाजी मुद्धा, पुनरावेदन अदालतमा कर्मचारी अर्चना राईको आदेशमा जागिर खाएको आरोपमा मुद्धा, सर्वोच्च अदालतमा नियम विपरित जवर्जस्ती गाउँपालिकाको केन्द्र सारेको बिरुद्धमा मुद्धा दिएका हुन् । त्यसैगरी करोडौं आर्थिक रकम हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा द.न. १००३ मा राई विरुद्ध मुद्धा दर्ता भएको छ ।
त्यसैगरी दिप्रुङ्ग चुईचुम्मा गाउँपालिका वडा न ६ का वडा सदस्य युवराज तामाङ्गले टेम्के थामडाडा सिलिचुङ चिया खेतिमा अनिनिमियता गरेको स्थानीयको आरोप छ । उक्त कार्यक्रम अन्तरगत चियाको बिरुवा रोप्ने कामदारहरुको पारिश्रमिक अझैसम्म तामाङले नदिएको आरोप लगाएका हुन् । तमाङलाई पारिश्रमिक माग्दा केन्द्रीय योजनाबाटै आफुले पैसा नपाएको भनी टार्ने गरेको स्थानीय बताउँछन् ।
१० पुस २०७५, मंगलबार
7.7k
Shares







