२५ श्रावण २०८३, सोमबार | Mon Aug 10 2026

व्यवस्थापिका–संसद् शून्य समय



काठमाडौँ, १४ असोज । व्यवस्थापिका–संसद्को आजको बैठकको शून्य समयमा सांसदहरुले कञ्चनपुर जिल्लामा हात्ती आतङ्क फैलिएकाले नियन्त्रण गर्न र भूकम्पपीडित जनतालाई अनुदानको रकम पु¥याउन सरकार र सदनको ध्यानाकर्षण गराउनुभयो ।

दार्जुला जिल्लामा विसं २०७० र यस वर्ष गएको बाढी पहिरोपीडित जनतालाई राहत दिन, संविधान कार्यान्वयन गर्न र रेमिट्यान्सबारेमा नयाँ कानुन बनाउन पनि उहाँहरुले सरकारसंग माग गर्नुभयो ।

उहाँहरुले हालै धादिङ, काभ्रे जिल्लामा भएका सडक दुर्घटनामा परेर अकालमा ज्यान गुमाएका परिवारजनलाई राहत तथा क्षतिपूर्ति दिन, उपत्यकाभित्र सडक यातायातलाई व्यवस्थित गर्न, बाहिरी चक्रपथ निर्माण सुरु गर्न तथा मध्यपहाडी लोकमार्ग समयभित्र सम्पन्न गर्न पनि माग गर्नुभयो ।

सांसदहरुले विधिको शासन स्थापना गर्न, दसैँ तथा तिहारजस्ता चाडवाड मानाउन घर जानेलाई सरकारले यातायताको व्यवस्थापन गर्न माग गर्नुभयो ।

Sagarmatha

यसरी आफ्नो धारणा राख्ने सांसदहरुमा कृपाराम राना, कृष्णप्रसाद पौडेल, गणेशकुमार पहाडी, गणेशसिंह ठकुन्ना, गीता क्षेत्री, गुरुप्रसाद बुर्लाकाटी, चन्द्र महर्जन, चम्पादेवी खड्का, तप्तबहादुर विष्ट तथा तारादेवी राई हुनुहुन्थ्यो । रासस

प्रकाशित मिति : १४ आश्विन २०७३, शुक्रबार  ९ : ४२ बजे