२४ कार्तिक २०८२, आइतबार | Sun Nov 9 2025

डडेलधुराका शेरबहादुर भन्दा ओखलढु्ंगाका प्रदिप अगाडी



ओखलढुंगा, १५ असोज । नेपाली कांग्रेसले जिल्ला कार्य समिति ओखलढुंगाका पदाधिकारी मनोनयन गरेको छ । मनोनयनबाट जिल्ला कार्य समितिका तीन पदाधिकारीहरुको टुंगो लगाएको हो ।pra
जिल्ला कार्य समितिको बैठकमा जिल्ला सभापति प्रदीपकुमार सुनुवारले प्रस्ताव गरेका उपाध्यक्षमा तेजेन्द्र खनाल, सचिवमा रुद्रप्रसाद अधिकारी र सह सचिवमा सविता राईलाई मनोनयन गर्ने निर्णय भएका उपसभापति तेजेन्द्र खनालले जानकारी दिनुभयो । ०७२ माघमा जिल्ला अधिवेशन गरेको कांग्रेसले लामो समयसम्म पदाधिकारीको टुंगो लगाउन सकेको थिएन । एक व्यक्ति एक पदको अवधारण अघि सारेको कांग्रेसले मनोनित गरेका ओखलढुंगाका सबै पदाधिकारीहरु भने दोहोरो पद भएका महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य छन् ।
काँग्रेस केन्द्रमा भने पदाधिकारी मनोनयन विवाद हुँदा सभापति शेरबहादुर देउवाले मनोनयन गर्न सकेका छैनन् ।

प्रकाशित मिति : १५ आश्विन २०७३, शनिबार  १२ : ५० बजे