ओखलढुंगा, १५ असोज । साझा मुद्दामा समान दृष्टिकोण बनाउन ओखलढुंगाका पत्रकारहरुले प्रतिबद्धता जनाएका छन् । सहयात्री सामुदायिक रेडियोले आयोजना गरेको शुभकामना आदान–प्रदान तथा विकास र परिवर्तनमा पत्रकारको भूमिका विषयक अन्तरक्रियामा जिल्लास्थित क्रियाशिल पत्रकारहरुले विकास निर्माण र पेशागत सुरक्षाका साझा मुद्दामा समान दृष्टिकोण राखेर अघि बढ्ने प्रतिवद्धता जनाएका हुन् ।
विकासका सबैखाले मुद्धामा एक भएर आवाज उठाउने,राज्यका अभियानहरु प्रभावकारी बनाउन भूमिका खेल्ने, भ्रष्टचार र अनियमितता विरुद्ध एक भएर लाग्ने जिल्लाका सबै सञ्चारमाध्यम र आवद्ध सञ्चारकर्मीहरुले साझा प्रतिवद्धता व्यक्त गरेको सहयात्री सामुदायिक रेडियोका स्टेशन म्यानेजर पूर्णप्रसाद न्यौपानेले बताए । उनका अनुसार जिल्लामा सञ्चालित सञ्चारमाध्यमहरुको स्थायित्व र विकासका लागि समान दररेटमा विज्ञापन प्रशारण गर्ने, पत्रकारहरुको पेशागत सुरक्षाका विषयमा सबै सञ्चार माध्यमले सहकार्य गर्ने सहमति भएको छ । कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य शिव ढुंगानाले पत्रकारहरुको पेशगत हितमा सबै जुट्नु पर्ने भन्दै पत्रकार सक्षम र दक्ष बने पेशागत सुरक्षामा चुनौति कम हुने बताए ।
१५ आश्विन २०७३, शनिबार
0
Shares







