काठमाडौं । अन्नपूर्ण प्रथम हिमाल आरोहणपछि फर्किदै गर्दा हिउँमा फसेका मलेसियन नागरिकको सकुशल उद्धार गरिएको छ । सिम्रिक एयरलाइन्सको हेलिकोप्टरले मंगलबारदेखि हराइरहेका विकिन चीनको शुक्रबार सकुशल उद्धार गरेको हो ।

उद्धारपछि उनलाई सिम्रिक एयरको हेलिकोप्टरबाट उपचारको लागि ललितपुरको मेडिसिटी अस्पताल ल्याइएको छ । क्याप्टेन विवेक खड्काले उडाएको हेलिकोप्टरबाट लङलाइनमार्फत् ती आरोहीलाई हिमालबाट सकुशल उद्धार गरी हेलिमार्फत काठमाडौं ल्याइएको हो ।
अन्नपूर्ण हिमालको क्याम्प ४ बाट उनको उद्धार गरिएको हो । बिमा कम्पनीले बेवास्ता गरेपछि आरोही चिनकी श्रीमतीले सिम्रक एयर गुहारेकी थिइन् । हाई अल्टिच्युडमा उड्न सक्ने हेलिकोप्टर, साहसी पाइलट र दक्ष उद्धार टिम भएको सिम्रिकले बुधाबारैदेखि उद्धार सुरू गरेको थियो ।
१४ बैशाख २०७६, शनिबार
1.1k
Shares







