२७ कार्तिक २०८३, बिहिबार | Thu Nov 12 2026

पर्यटकलाई सूचना : ‘मौसम ख्याल गरी सुरक्षित रहनुस’


बुद्धवीर बाहिङ

२० बैशाख २०७६, शुक्रबार  

252
Shares

काठमाडौं । होटल तथा पर्वतारोहण शाखा, पर्यटन विभाकका निर्देशक मिरा आचार्यले केहि दिनको मौसम असामान्य रहने तथा हिमाली क्षेत्रमा भारी हिमपात हुने भएकाले पदयात्रामा रहेका पर्यटकहरुलाई सतर्क रहन अनुरोध गरेका छन् । सूचना जारी गर्दै निर्देशक आचार्यले जल तथा मौसम पूर्वानुमान विभाग र मौसमविद्हरुका अनुसार मौसम प्रतिकुल हुने भएकाले पर्यटकहरुलाई सुरक्षित रहन अनुरोध गरेका हुन् ।

‘मौसमविद्हरुले हिमालमा हिउँ पर्न सक्ने, पहाड र तराई क्षेत्रमा भारी वर्षा तथा हावाहुरी आउने पूर्वानुमान गरेकाले पदयात्रामा रहनु भएका पर्यटकहरु मौसमको ख्याल गर्नहुन अनुरोध गर्दछौं ।’ विभागद्धारा जारी गरिएको सूचनामा भनिएको छ, ‘नेपालमा विभिन्न क्षेत्र भ्रमणमा रहनु भएका तथा पर्वतारोहणका लागि विभिन्न हिमाल अवस्थित क्षेत्रमा जानु भएका पर्यटक तथा पर्यटकलाई व्यवस्थापन गर्ने एजेन्सीहरुले स्थानीय मौसमको ख्याल गरी आफू र आफ्ना पर्यटकलाई सुरक्षित स्थानमा राख्नहुन अनुरोध गर्दछौं ।’

प्राकृतिक घटनाबाट कुनै क्षति हुन नदिन र नेपालको पर्यटन क्षेत्र सुरक्षित एवं विश्वासनीय रहेको सन्देश प्रवाह गर्न सहयोग गर्न पनि विभागद्धारा जारी सूचनामा उल्लेख गरिएको छ । यो वसन्त ऋतुमा सबैभन्दा बढी हिमाल आरोही सगरमाथाको आधारशिविरमा छन् । आधारशिविरमा आरोही मात्रै ४ सयभन्दा बढी छन् ।

प्रकाशित मिति : २० बैशाख २०७६, शुक्रबार  ६ : ५९ बजे