२७ कार्तिक २०८३, बिहिबार | Fri Nov 13 2026

पाकिस्तानका प्रधानमन्त्रीले मोदीलाई बधाई दिँदै भने, ‘मिलेर शान्ति कायम गरौं’


एजेन्सी

१० जेष्ठ २०७६, शुक्रबार  

133
Shares

काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले मोदीलाई बधाइ दिएका छन् । लोकसभा चुनावमा भाजपाको शानदार जित भएपछि पाकिस्तानी प्रधानमन्त्री खानले मोदीलाई बधाइ तथा शुभकामना दिएका हुन् ।

खानले भाजपा र उसका सहयोगी दलहरुलाई मोदीमार्फत् बधाइ सन्देश दिएका छन् । साथै दक्षिण एसियाको शान्ति र विकासका लागि मोदीसँग मिलेर काम गर्न पाकिस्तान इच्छुक रहेको पनि बताएका छन् ।
जवाफमा मोदीले इमरान खानप्रति आभार व्यक्त गरेका छन् । मोदीले भनेका छन्, ‘तपाईंको शुभकामनाका लागि हृदयदेखि आभार व्यक्त गर्दछु । मैले सधैं आफ्नो क्षेत्रमा शान्ति र विकासलाई प्राथमिकता दिएको छु ।’
यसअघि भारतको चुनाव हुनुअघि इमरान खानले एक पत्रकार सम्मेलनमा मोदी दोस्रो पटक पनि प्रधानमन्त्री बनेमा पाकिस्तानको लागि राम्रो हुने बताएका थिए । मोदी फेरि प्रधानमन्त्री बनेमा कश्मीर समस्याको समाधान निकाल्न सकिने उनको विश्वास थियो । यस विषयमा भारत–पाकिस्तान धरै अगाडि बढिसकेका थिए । तर, बालाकोट आक्रमणपछि दुई देशबीच कटुता चर्किंदै गएर भारतले पाकिस्तानमा हवाई आक्रमणसमेत र्गयो । भारतले, पाकिस्तानको आश्रय लिँदै आएका आतंकवादी समूहलाई क्षति र्पुयाएको दाबी गरेको थियो ।

प्रकाशित मिति : १० जेष्ठ २०७६, शुक्रबार  ३ : २८ बजे