काठमाडौं । अमेरिका र अमेरिकाको न्यूयोर्कलाई कर्मभूमि बनाउँदै आएका पत्रकार किशोर पन्थीको पुस्तक ‘कम्पन’को दोश्रो संस्करण सगरमाथामा कीर्तिमानी आरोही कामीरिता शेर्पाले विमोचन गरेका छन् । सगरमाथा आरोही शेर्पाले २४ औं पटक सगरमाथा आरोहणका क्रममा कम्पनको विमोचन गरेका हुन् ।

शेर्पाले २३ औं पटक सगरमाथा आरोहणको आफ्नो पुरानो कीर्तिमान तोडेर २४ औं पटक सगरमाथाको शिखर चुम्न सफल भएको अवसरमा सो पुस्तकको विमोचन गरेका थिए । गत सोमबार विहान ६ बजेर ३८ मिनेट जाँदा सगरमाथाको शिखर चुम्न सफल कामीरिता शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथामा पुस्तक कम्पनको विमोचन गरेका थिए ।
‘कम्पन’ नेपालमा गएको ०७२ को भूकम्प सम्बन्धी लेखिएको पुस्तक हो । त्यसवेला सगरमाथामा हिमपहिरोका कारण झण्डै २ दर्जनको मृत्यु भएको थियो, जसमा गुगलका कार्यकारी अधिकारी डानियल पलसमेत रहेका थिए । सगरमाथा आधार शिविरमा गएको हिमपहिरोमा पुरिएर उनीहरुको मृत्यु भएको थियो ।
हिमपहिरोका कारण ६० जनाभन्दा बढी घाइते भएका थिए भने डेढ सय बढीको उद्धार गरिएको थियो । पुस्तकमा हिमपहिरो छल्दै नाम्चेसम्म आएका एकजना विदेशी र हिमपहिरोमा गाउँ नै पुरिदा बाँच्न सफल नेपालीको अनुभवसमेत समेटिएको छ । महाभूकम्पपछिको आर्तनाद र आशामा आधारित पुस्तक ‘कम्पन’मा महाभूकम्पमा आफन्त गुमाउनेहरु, मुस्किलले बाँचेकाहरु, राहत र उद्धारमा खटिनेहरु, उपचारमा खटिनेहरु र समाचार संकलनमा खटिनेहरुको जीवन्त बयान समेटिएको छ ।
१० जेष्ठ २०७६, शुक्रबार
77
Shares







