नेकपा माप्यदुधकोशीको पहिलो बैठक, के के गर्यो ५ निर्णय !

Facebook Debugger

सोलुखुम्बु । नेपाल कम्युनिष्ट पार्टी माप्यदुधकोशी गाउँपालिकाको पहिलो बैठक ५ वटा निर्णय गर्दै सकिएको छ । गाउँकमिटिको पहिलो बैठकले नेपाली कम्युनिष्ट आन्दोलन र मुलुकको परिवर्तनका खातिर विभिन्न क्रान्ति, आन्दोलनका ज्ञात अज्ञात शहिदहरुको उच्च सम्मान गर्दै श्रद्धाञ्जली अर्पण गर्ने निर्णय गरेको छ ।

बैठकले माप्यदुधकोशी गाउँपालिकाका निर्वाचित वडा सदस्य तथा नेकपा पार्टी सदस्य रामकुमार बस्नेतको असामयिक निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ । नेकपा माप्यदुधकोशी गाउँकमिटिको कार्यालय व्यवस्थापनको लागि गाउँपालिका कमिटि अध्यक्ष गौरव राई, सचिव धनबहादुर राई र सदस्य लोकवीर राई सम्मिलित ३ सदस्यीय समिति गठन गरेको छ ।
त्यसैगरी नेकपा माप्यदुधकोशी गाउँपालिका कमिटिलाई पूर्णता दिनको लागि गाउँपालिका अध्यक्ष, सचिव र सम्बन्धित वडाको प्रतिनिधित्व गर्ने गाउँपालिका कमिटि सदस्यहरुको समन्वय तथा सल्लाह, सुझावको आधारमा २५ देखि २९ सदस्यीय हुनेगरी गठन गर्ने निर्णय गरेको छ । नेकपा वडाकमिटिलाई पूर्णता दिने काम सकिएपछि गाउँपालिका कमिटि, सम्बन्धित वडाको प्रतिनिधित्व गर्ने जिल्ला कमिटि सदस्य तथा वडा पार्टीको समन्वयबाट वडाहरुको सफतग्रहण तथा प्रथम पूर्ण बैठकको मिति तय गर्ने निर्णय गर्दै पहिलो बैठक सकिएको हो ।

Published On:  483पटक हेरिएको
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार