२ चैत्र २०८२, सोमबार | Mon Mar 16 2026

सोलुखुम्बुमा नेपाली कांग्रेसका कार्यकर्ता नेकपामा प्रवेश



सोलुखुम्बु । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) थुलुङ दुधकोशी गाउँपालिका कमिटीको सपथ ग्रहण कार्यक्रममा नेपाली कांग्रेसका विभिन्न कार्यकर्ताहरु नेकपामा प्रवेश गरेका छन् । अब देश विकासमा नेकपालाई जनताले रुचाएकाले नेकपामा प्रवेश गरेका उनीहरुको भनाई छ ।

पार्टी प्रवेश गर्नेहरुमा भूतपूर्व शिक्षक तथा समाजसेवी शिवराम गुरुङ, थुलुङ दुधकोशी गाउँपालिका शिक्षा शाखा प्रमुख प्रेमबहादुर तामाङ, शिक्षक महन्त राई, अमृता राई र सेवा निवृत्त मानार्थ उपमहासेनानी मोहनकुमार राई रहेका छन् । साथै हालसम्म कुनै पार्टीमा संलग्नता नरहेका धनबहादुर थापा पनि आधिकारकि रुपमा नेकपामा प्रवेश गरेको नेकपा जिल्ला सदस्य गणेषकुमार खालिङले बताए । उनीहरुलाई नेकपा केन्द्रीय सदस्य शिवबहादुर बस्नेत ‘राजेन्द्र’ र नेकपा जिल्ला कमिटीका अध्यक्ष मानवीर राईले पार्टी प्रवेश गराएका हुन् ।
कार्यक्रममा प्रदेश कमिटी सदस्य आङङिमा लामा, ध्रुव पराजुली, विष्णु वास्तोला, महेश किराती, जिल्ला कमिटी सदस्यहरु हिमाल गिरी, असिम राई, रामसंघर्ष किराती, गणेशकुमार राई, श्याम खड्का, पूर्व केन्द्रीय सल्लाहकार प्रेमकुमार राई लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा थुलुङदुधकोशी गाउँपालिकाका पार्टी कार्यकर्ताहरुको उलेख्य उपस्थिति रहेको थियो ।

यो पनि पढ्नुहोस ।

नेकपा थुलुङदुधकोशी गाउँकिटिका ७१ सदस्यले लिए सफत ! को को भए सदस्य (नामसहित)

प्रकाशित मिति : २५ जेष्ठ २०७६, शनिबार  १२ : २८ बजे