सोलुखुम्बु । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लिखुपिके गाउँकमिटिको सफत ग्रहणसँगै पहिलो बैठक सकिएको छ । गाउँकमिटिको पहिलो बैठकले ४ वटा महत्वपूर्ण निर्णय गर्दै पार्टी कार्यकर्तालाई एक ढिक्का बनाएर अगाडि लैजाने प्रतिबद्धता गर्दै बैठक सकिएको हो ।

गाउँकमिटिका अध्यक्ष शंकरबहादुर बस्नेतको अध्यक्षता एवं केन्द्रीय सदस्य शिवबहादुर बस्नेत ‘राजेन्द्र’को प्रमुख आतिथ्यतामा बसेको पहिलो बैठकले सदस्यीय कार्यदल गठन, स्थानीय सरकार सञ्चालन संयन्त्र गठन, स्थानीय तह दल गठन र थप १३ जना गाउँकमिटि सदस्यलाई मनोनयन गर्ने निर्णय गरेको छ ।
गाउँकमिटिको पहिलो बैठकले गरेका निर्णयहरु !
१. पाँच सदस्यीय कार्यलय गठन :
पहिलो गाउँकमिटि बैठकले ५ सदस्यीय कार्यदल गठन गरेको छ । कार्यदलको अध्यक्षमा शंकरबहादुर बस्नेत, सचिवमा कुन्जाङ शेर्पा, सदस्यहमा गोर्वधन बस्नेत, तेजबहादुर बस्नेत (विनोद) र कल्याणकुमार बस्नेत रहेका छन् ।
२. लिखुपिके गाउँपालिका स्थानीय सरकार संचालन संयन्त्र गठन :
बैठकले स्थानीय सरकार सञ्चालन संयन्त्र समेत गठन गरेको छ । जसको संयोजकमा शंकरबहादुर बस्नेत, सदस्यहरुमा कुन्जाङ शेर्पा, डम्बरबहादुर बस्नेत, प्रमिला कार्की (बस्नेत), रमेशकुमार बस्नेत र हिक्मतबहादुर बस्नेत रहेको नेकपा लिखुपिके गाउँकमिटि सचिव कुन्जाङ शेर्पाले बताए ।


३. स्थानीय तह दल गठन :
गाउँकमिटिको पहिलो बैठकले स्थानीय तह दल गठन गरेको छ । जसको अध्यक्षमा डम्बरबहादुर बस्नेतलाई चयन गरिएको छ । गाउँपालिकाको दलको नेता जिम्मेवारी समेत अध्यक्ष बस्नेतलाई नै दिइएको छ । त्यस्तै उपाध्यक्ष तथा दलको उपनेतामा प्रमिला कार्की (बस्नेत), प्रमुख सचेतकमा वडा अध्यक्ष हिक्मतबहादुर बस्नेत, सचेतकमा वडा अध्यक्ष पुण्यबहादुर बस्नेत रहेका छन् । दलको सदस्यहरुमा कार्यपालिका सदस्य लोप्साङ शेर्पा, कार्यपालिका सदस्य भिमबहादुर थामी, वडा अध्यक्ष रमेशकुमार बस्नेत, वडा सदस्य कैलाश बस्नेत, वडा सदस्य रामबहादुर बस्नेत, वडा सदस्य मानकुमारी बस्नेत, वडा सदस्य शमशेर तामाङ, वडा सदस्य निर्मला थापा, वडा सदस्य चेतमाया शाहशंकर र वडा सदस्य बुधमाया वि.क.लाई चयन गरिएको सचिव शेर्पाले बताए ।
४. गाउँकमिटिमा थप १३ जना सदस्य मनोनित गर्ने :
बैठकले हालको ६२ सदस्यीय कमिटिमा थप १३ जना सदस्य मनोनित गरी ७५ जना सदस्यीय गाउँकमिटीको सदस्यमा पुर्याउने निर्णय गरेको छ । गाउँकमिटिले पूर्णता दिएपछि सचिवालय गठन गरिने सचिव शेर्पाले बताए ।
यो पनि पढ्नुहोस :
नेकपा लिखुपिके गाउँकमिटिका ६२ सदस्यले लिए सफत ! को को भए सदस्य ? (नामसहित)







