२७ कार्तिक २०८३, बिहिबार | Fri Nov 13 2026

चीनमा शक्तिशाली भूकम्प : ११ को मृत्यु, १ सय २२ घाईते !


सिन्ह्वा

३ असार २०७६, मंगलबार  

0
Shares

सिन्ह्वा । चीनमा सोमबार शक्तिशाली भूकम्प गएको छ । सोमबार राति र मंगलबार गरी दुई पटक शक्तिशाली भूकम्पका कारण दक्षिण पश्चिम क्षेत्रमा ११ जनाको मृत्यु भएको छ । १ सय २२ जना घाइते भएका छन् ।


सिन्ह्वा समाचार संस्थाका अनुसार ६ रेक्टर स्केलको पहिलो भूकम्प स्थानीय समयानुसार सोमबार राति १०ः५५ मा गएको थियो । उक्त भूकम्प सिचुवान प्रान्तको यिबिन शहरको २० किलोमिटर आसपास केन्द्रविन्दू बनाएर गएको उल्लेख गरिएको छ ।
मंगलबार विहान फेरि ५.२ रेक्टर स्केलको अर्को भूकम्प गएको छ । मंगलबार विहानको भूकम्प पनि यिबिन शहरको १६ किलोमिटर आसपास केन्द्रविन्दू बनाएर गएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । मंगलबार विहान गएको भूकम्प अघिल्लो भूकम्पको पराकम्प भएको बताइएको छ ।
भूकम्पका कारण करिब ४ हजार मानिस प्रभावित भएका छन् । भूकम्पको झट्काले दर्जनौं संरचनाहरुमा क्षति पुगेको छ । सो क्षेत्रका प्रभावित स्थानीयलाई सुरक्षित रहन चीन सरकारले आग्रह गरेको छ ।

प्रकाशित मिति : ३ असार २०७६, मंगलबार  ६ : २६ बजे