९ भाद्र २०८३, मंगलबार | Tue Aug 25 2026

वाह ट्राफिक प्रहरी : गृह सह-सचिवको गाडीमा पनि लक, डिउटी त यस्तो पो हुनुपर्छ त !



काठमाडौ । नेपालमा कुनै बेला यस्तो परिस्थितिको सामना गर्नु परेको थियो की ठूलाबडा भन्ने बित्तिकै जे गरे पनि हुने । अनि सर्वसाधारण नागरिकले भने सहि काम गरे पनि दण्डित हुनुपर्ने स्थिति थियो ।


अझैपनि त्यो मानसिकताबाट नेपाली समाज माथि उठ्न सकेको छैन भन्ने उदाहरण देखिएको छ । त्यसै त काठमाडौंको सडक ट्राफिक जामले अस्तव्यस्त भैरहेको बेला विहानदेखि बेलुकीसम्म धुलो र धुँवा खाएर निरन्तर डिउटीमा खटिने ट्राफिक प्रहरीको अवस्था कस्तो होला ? सोच्दा पनि आङ्नै शिरिङ्ग हुन्छ । त्यो कालो मुस्लो धुँवा, धुलो र चित्कार लाग्दो आवाज ।
काठमाडौंमा मात्रै सडकमा सवारी साधनलाई सहज रुपमा आवतजावत गराउनको लागि सयौं ट्राफिक प्रहरी परिचालन गरिएको छ । सडकमा खटिएका एक ट्राफिक प्रहरी जवानले सबैको स्याबासी पाउने काम गरेका छन् । उनले गृह मन्त्रालयका सह–सचिव रामकृष्ण सुवेदीले नियम विपरित गाडि राखेकोमा नियम मिच्ने गाडिमा लक लगाएका छन् । नो पार्किङ क्षेत्र सिंहदरबारको पूर्वी गेट अगाडि पार्किङ गरेर राखिएको सह–सचिव सुवेदीको गाडिमा ट्राफिक प्रहरी जवानले लक लगाएका हुन् । सुवेदी गृह मन्त्रालयका प्रवक्ता समेत हुन् ।
महाशाखाका प्रमुख वसन्त लामाले आफूलाई घटनाबारे जानकारी आएको बताउँदै सोधपुछ भइरहेको बताए । उनले उक्त लक माथिको आदेश नपर्खि आफ्नो जिम्मेवारी पूरा गरेको र गाडी गृहकै उच्च अधिकारीको परेकाले रिपोटिङ भने गरेका छन् । प्रहरीका अनुसार पार्किङ गर्न निषेध गरिएको ठाउँमा बा २ झ ३४६ नम्बरको गाडी राखेर सुवेदी खाना खान निस्किएका थिए । प्रत्यक्षदर्शी यज्ञम्बर श्रेष्ठका अनुसार लक लगाएपछि कर्मचारीले ट्राफिक जवानलाई धम्क्याएका थिए । ‘कानुन पालना गराउने निकायले कानुनको रखवाली गर्दै गरेका प्रहरी दाइलाई दवाब दिएर कारवाही फिर्ता गराउन खोज्ने ?’ श्रेष्ठले प्रश्न गरेका छन्, ‘त्यति मात्रै होइन, फोनमार्फत कुरा गराएर ती प्रहरीलाई नै तर्साउन खोज्ने ? भन्दै उनले पोष्ट गरेका छन् । उनले ती कर्मचारीको सरुवा गरिने आशंका गर्दै सामाजिक सञ्जालमा भनेका छन्, ‘होसियार हामीले हेरी राखेका छौं ।’ त्यसपछि यो तस्वीर भाइरल भएको छ । यत्रतत्र सेयर भएको छ । दुनियाँले ती जवानलाई स्यावासी दिइरहेका छन् ।

यो पनि पढ्नुहोस ।

Sagarmatha

क्रोएसियाकी राष्ट्रपतिको काम देखेर संसारभरिका मानिस चकित !

प्रकाशित मिति : ११ असार २०७६, बुधबार  ३ : ३३ बजे