इञ्जिनियरको दोहोरीमा ‘गलबन्दी’की नायिका अञ्जली ! (भिडियो)

49 Shares

सोलुखुम्बु । धर्मराज पोखरेल पेशाले इञ्जिनियर हुन् । आफ्नो पेशामा सफल मानिएका पोखरेल समाजसेवा र लोकगीत गायनमा पनि उत्तिकै सक्रिय छन् । त्यहि उदाहरण हो, ‘यत्ति कुरा’ ।


लामो समय पश्चिम भेगका कलाकारको संगत गरेका उनले पूर्वेली गीत पनि आधा दर्जनको हाराहारीमा गाएका छन् । तर ‘यत्ति कुरा’ पश्चिमेली शैलीको दोहोरी गीत हो ।
गायक पोखरेललाई अर्का गायक सुरेशरमण अधिकारी, गायिका देवी घर्तीमगर र स्मृती शाहीले साथ दिएका छन् । गीतका सर्जक शिखर गजरकोटे सञ्चारकर्मी हुन् । उनी हिमाली जिल्ला सोलुखुम्बुमा बसेर सञ्चारकर्म गर्छन् ।


बीबी अनुरागीको संगीत संयोजन रहेको गीतको भिडियो शंकर विसीले निर्देशन गरेका हुन् । नृत्यमा निर्देशक विसीलाई डिजिटल बजारमा चलेकी गलबन्दीकी नायिका अञ्जली अधिकारीले साथ दिएकी छिन् ।
कृष्ण फिल्मस्को ब्यानरमा निर्माण गरिएको भिडियोमा दुर्गा पौडेलले दृष्य छायांकन गरेका हुन्, भने भिडियो सम्पादन नविन घर्तीमगरले गरेका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार