संखुवासभा । प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूह र नेपाल प्रहरीबीच संखुवासभामा जम्काभेट भएको छ । जम्काभेट हुँनसाथ फायरिङ भएको प्रहरीले बताएका छन् । तर, दुवै पक्षमा कुनै मानवि क्षति नभएको पनि बताइएको छ ।
प्रदेश १ का प्रहरी प्रमुख डीआईजी ठाकुरप्रसाद ज्ञवालीका अनुसार सिलिचोङ गाउँपालिका–१ मा गस्तीका लागि टोली गएको थियो । ‘गस्तीमा टोली गएको छ । कहिले काहिँ फिल्डमा जाँदा सांकेतिक फायरिङ हुन्छ । अरु केही होइन ।’ प्रमुख डीआईजी ज्ञालीले भने ।
प्रहरी प्रधान कार्यालयका एसपी रमेश थापाले भने हुइंला भन्ने स्थानमा विप्लव समूहका कार्यकर्ताले प्रहरीलाई लक्षित गरेर फायर खोलेको बताए । उनले भने, ‘उनीहरुले फायर गर्दै जंगलतिर भागेपछि प्रहरीतर्फबाट पनि गोली चलेको छ । थप विवरण आइसकेको छैन ।’ प्रहरीका अनुसार अहिले त्यस क्षेत्रमा थप मद्दतको लागि टोली पठाइएको छ । अनलाईन खबरबाट
यो पनि पढ्नुहोस ।
सोलुखुम्बुमा विप्लव माओवादीको चौकी कब्जा गर्ने प्रयास असफल !
काठमाडौं र विराटनगरबाट सोलुखुम्बुमा हेलिकोप्टर मार्फत थप सुरक्षाकर्मी पठाइयो !
विप्लव कार्यकर्ता खोज्दै शसस्त्र र नेपाल प्रहरी सोलुखुम्बुको गाउँगाउँमा !
सोलुखुम्बु घटनाबारे गृहमन्त्रीलाई तीन सुरक्षा प्रमुखको ब्रिफिङ !