राप्रपा संयुक्तको बैठक काठमाडौँमा

Facebook Debugger

काठमाण्डौं । राष्ट्रिय प्रजातन्त्र पार्टी ९संयुक्त०ले आगामी साउन ६ र ७ गते उच्चस्तरीय कार्य सम्पादन समितिको बैठक काठमाडौँमा बोलाएको छ ।

केन्द्रीय कार्यालय चाबहिलमा बस्ने उक्त बैठकमा अध्यक्षद्वय पशुपतिशम्शेर जवरा र डा प्रकाशचन्द्र लोहनीले राजनीतिक कार्यपत्र प्रस्तुत गर्नुहुनेछ । पार्टीका नेता राजाराम श्रेष्ठका अनुसार आर्थिक कार्य तथा नीतिबारे छलफल हुने उक्त बैठकमा देशभर भएका सङ्गठन समायोजनसम्बन्धी प्रगतिबारे तथा पछिल्लो अवस्थामा सङ्गठनले गरेका गतिविधिबारे सचिवालयले प्रतिवेदन प्रस्तुत गर्नेछ ।

डा लोहनी नेतृत्वको एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी ९राष्ट्रवादी० र राणा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी ९प्रजातान्त्रिक० गत माघ १८ गते एकीकरण भई निर्माण भएको उक्त पार्टीले हिन्दू राष्ट्र र संवैधानिक राजसंस्थालाई वैचारिक नीतिका रुपमा अवलम्बन गरेको भए पनि पार्टीभित्र केही नेताले परिवर्तित संरचनामा गणतन्त्रको पक्षमा समेत बहस सुरु गरेका छन् ।

बैठकले राप्रपा परिवेशका तथा समान विचार भएका अन्य पार्टीसँग एकीकरण भई आगामी महाधिवेशन गर्ने वा निर्धारित समयभित्र गर्ने भन्नेबारे पन टुङ्गो लगाउनेछ ।

Published On:  93पटक हेरिएको
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार