२ चैत्र २०८२, सोमबार | Mon Mar 16 2026

अध्यक्ष दाहालद्वारा इदको शुभकामना


२७ श्रावण २०७६, सोमबार  

0
Shares

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इस्लाम धर्मावलम्बीको महान् पर्व इद–उल–अजहा ९बकर इद० का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण इस्लाम धर्मावलम्बीमा शुभकामना व्यक्त गरेको छ ।

इदका अवसरमा आज शुभकामना दिँदै उहाँले यस पर्वले सम्पूर्ण नेपाली जनसमुदायमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगति ल्याउन सकोस् भनी कामना गरेको छ ।

विविध जातजाति, भाषाभाषी, धर्म संस्कृतिभित्रको एकता नै नेपाल र नेपाली जनताको पहिचान र विशेषता भएको उल्लेख गर्दै पूर्वप्रधानमन्त्री दाहालले धार्मिक सहिष्णुताको चेतनाका लागि नेपाली समाज एक उदाहरणीय रहेको बताए ।

पुराना सोच, संरचना, मूल्य र मान्यतालाई व्यवहारतः विस्थापित गरी नयाँ सोच, मूल्य, मान्यता र संस्कृति अघि बढाउने चुनौती औँल्याउँदै उहाँले समाजवादको आधार तयार गर्ने दिशाअनुरुप आफूलाई परिस्कृत गर्न सम्पूर्ण देशवासीमा आह्वान गरेको ।

प्रकाशित मिति : २७ श्रावण २०७६, सोमबार  ५ : २२ बजे