विश्व स्काउट महिलाको क्षेत्रीय सम्मेलन काठमाडौंमा सुरु

0 Shares

काठमाडौँ, १३ भदौ । विश्व स्काउट महिला सङ्गठनको १२औँ एसिया प्रशान्त क्षेत्रको क्षेत्रीय सम्मेलन आजदेखि काठमाडाँैमा सुरु भयो ।

नेपाल स्काउटको आयोजनामा होटल याक एन्ड यतिमा पाँच दिनसम्म सञ्चालन हुने क्षेत्रीय सम्मेलनको एक समारोहबीच राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरे ।

नेपालमा पहिलोपटक आयोजना भएको यो सम्मेलनमा एसिया प्रशान्त क्षेत्रका २६ देशका २५० स्काउट प्रतिनिधिको सहभागिता रहेको छ ।

सो अवसरमा राष्ट्रपति भण्डारीले नेपालमा स्काउटिङलाई जनमुखी बनाई विशेष गरी युवापुस्तालाई व्यावहारिक सीप र ज्ञान दिन सरकारको तर्फबाट विशेष भूमिका निर्वाह हुनुपर्ने विचार व्यक्त गरे ।

/fi6«klt e08f/L  /fi6«klt ljBfb]jL e08f/L ;f]daf/ ljZj :sfp6 dlxnf ;ªu7gsf] !@cf}F Pl;of k|zfGt If]qLo ;Dd]ngsf] pb3f6g sfo{qmddf ;xefuL x'Fb}. tl:a/ M /Tg >]i7, /f;;

उनले स्काउटिङ क्रियाकलापमा महिलाको सहभागिता र उनीहरुको क्षमता अभिवृद्धिमा स्काउटिङ अभियान सफल होस् भनी शुभकामना व्यक्त पनि गरे ।

राष्ट्रपति भण्डारीले नेपालमा स्काउटिङ सुरु भएको छ दशकको अवधिमा बालबालिका, युवा–युवती तथा किशोर–किशोरको सर्वाङ्गीण विकासका साथै राष्ट्रप्रति समर्पित कर्तव्यबोध नागरिक तयार पार्ने कार्यमा नेपाल स्काउटले शैक्षिक अभियानका माध्यमबाट खेलेको भूमिकाको सराहना गरे ।

:sfp6df ljleGg b]zsf ;xefuLx? sf7df8f}Fdf ePsf] ljZj :sfp6 dlxnf ;ªu7gsf] !@cf}F Pl;of k|zfGt If]qLo ;Dd]ngdf ;xefuL ljleGg d'n'ssf :sfp6df cfj4x? . tl:a/ M /Tg >]i7, /f;;

प्राकृतिक विपत्ति, विनाशकारी भूकम्पका बेला नेपाल तथा विश्व स्काउटले पु¥याएको सहयोगप्रति धन्यवाद दिँदै उनले देश अहिले पुनःनिर्माणको अभियान अगाडि बढेको सन्दर्भमा स्काउटको परोपकारी भूमिकालाई अरु व्यापक बनाउने कार्यमा सरकारका सम्बन्धित निकायले थप सहयोग र समन्वय गर्नुपर्ने खाँचो औँल्याउए ।

राष्ट्रपति भण्डारीले नेपाल स्काउटले नेपाली जनताको समृद्धिका लागि संविधानको भावना र मर्मअनुसार आफ्ना नीति तथा कार्यक्रमलाई जनमुखी बनाउन थप अग्रसर हुने विश्वास व्यक्त गरे ।

sf7df8f}Fdf ePsf] ljZj :sfp6 dlxnf ;ªu7gsf] !@cf}F Pl;of k|zfGt If]qLo ;Dd]ngdf ;xefuL ljleGg d'n'ssf :sfp6df cfa4 dlxnfx? tyf k'?ifx? . tl:a/ M /Tg >]i7, /f;; .

युवा तथा खेलकुदमन्त्री दलजीत श्रीपाइलीले नेपालमा स्काउट्री क्रियाकलापले युवापुस्ताको क्षमता अभिवृद्धि र सामाजिक सेवामा पु¥याएको योगदानको सराहना गर्दै स्काउट सेवालाई विद्यालय तहमै पाठ्यक्रममा समावेस गरिने बताए ।

स्काउट एसिया प्रशान्त क्षेत्रीय प्रमुख लोली जाङले एकतामा विविधतासँगै नेतृत्व विकास र क्षमता अभिवद्धिमा विश्व स्काउटका करिब ३५ लाख स्वयम्सेवकले सेवा दिइरहेको उल्लेख गरे ।
नेपाल स्काउटका प्रमुख आयुक्त रवीन दाहालले युवापुस्तालाई क्षमतावान् र कर्तव्यशील नागरिक बनाउन स्काउटिङ गतिविधिले सहयोग पुगेको बताए ।

नेपाल स्काउटका राष्ट्रिय सचिव लोकबहादुर भण्डारीका अनुसार हरेक तीन वर्षमा यस्तो सम्मेलन आयोजना हुने गरेको छ । सम्मेलनमा महिला नेतृत्व तथा क्षमता विकास, विपद् व्यवस्थापनका साथै महिला सशक्तीकरणसम्बन्धी कार्यशाला सञ्चालन हुनेछन् ।

‘विश्वलाई नै जोड्नु, उत्पादन र प्रभाव पार्नु’ भन्ने मूल नाराका साथ आयोजित सम्मेलनको प्रतीक चिह्न ‘हाम्रो डाँफे’ राखिएको छ ।

सम्मेलनले स्काउटको अध्यक्षसहित चार सदस्यीय एसिया प्रशान्त क्षेत्रीय कार्यसमितिको पनि निर्वाचन गर्ने सचिव भण्डारीले जानकारी गराए ।

स्काउटिङ पर्यटन प्रवद्र्धनमा सघाउ पु¥याउने र विश्व स्काउटका संस्थापक वेडेन पावेलको नामकरण गरिएको रसुवाको ‘उर्केमा’ हिमाल आरोहणमा स्काउटको सहभागिता बढाउने उद्देश्यले सम्मेलन काठमाडाँैमा गरिएको आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार