इटहरीमा अबको १ वर्षमा १ अर्ब बढिको भौतिक संरचना निर्माण हुन्छः मेयर चौधरी

सुनसरी । इटहरी उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीले यो वर्ष इटहरीमा एक अर्व वढिको भौतिक संरचना निर्माण हुने वताएका छन् ।

इटहरी वडा नम्वर ३ को वडा कार्यालय भवन शिल्यान्यास गर्दै प्रमुख चौधरीले इटहरीमा गत वर्ष भन्दा वढि भौतिक निर्माण हुने वताएका हुन् । प्रमुख चौधरीले ८५ करोडका योजना टेण्डर गरिसकिएको वताए । ४० भन्दा वढि वहुवर्षे योजना समेत टेण्डर प्रक्रियामा रहेको जानकारी दिए । उनका अनुसार गत वर्ष सुरु भएको पाँच वटा वहुवर्षे सडक निर्माण भइसकेका छन । प्रमुख चौधरीले कोरोना महामारी र प्रतिकुल राजनीतिक अवस्थाका वावजुद पनि इटहरीमा विकासले गति लिएको बताए । उनले नेकपामा देखिएको विग्रहले इटहरीको विकासमा कुनै प्रभाव नपार्ने दोहोर्याए ।

उपप्रमुख लक्ष्मी गौतमले इटहरीमा हुने विकास निर्माणको गुणस्तरमा कुनै सम्झौता नहुने वताए । निर्माण कार्य भइरहदा जनस्तरवाट पनि खवरदारी हुनु पर्नेमा उनले जोड दिए ।

वडाध्यक्ष वालकृष्ण विष्टले वडा नम्वर तीनमा भौतिक निर्माणको कार्यले गतिलिएको वताए । उपमहानगरका इन्जिनियर जीवन घिमिरेले ८४ लाख ३५ हजारको लागतमा भूकम्पप्रतिरोधी तथा अपांगतामैत्री वडाकार्यालय भवन निर्माण हुने वताए ।

इटहरी वडा नम्वर तीनको वडा कार्यालय भवन निर्माणका लागि स्थानीय भट्टराई परिवारले करिव एक करोड मूल्य पर्ने डेढ कठ्ठा जग्गा प्रदान गरेका छन । वलवहादुर भट्टराईको परिवारले वडा कार्यालयका लागि जग्गा प्रदान गरेका हुन् । सोहि जग्गामा इटहरी उपमहानगरका प्रमुख द्धारिकलाल चौधरी र उपप्रमुख लक्ष्मी गौतमले वडा कार्यालय भवनको शिल्यान्यास गरेका थिए । भट्टराई परिवारले वडा कार्यालय भवन निर्माणका लागि जग्गा प्रदान गर्नुभएकोमा प्रमुख चौधरीले धन्यवाद ज्ञापन गरे । कार्यक्रममा भट्टराई परिवारका सदस्यहरुलाई दोसल्ला र माला लगाएर सम्मान समेत गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार