९ भाद्र २०८३, मंगलबार | Tue Aug 25 2026

सम्पदा संरक्षणमा जोड



रसुवा, ७ कात्तिक । हिमाली क्षेत्रमा रहेका सबैखाले सम्पदाको संरक्षण गरी रसुवाको गरिमा उच्च राख्न संविधानविद्द्वारा यहाँका बासिन्दालाई सुझाव दिइएको छ ।

विश्वमै दुर्लभ रहेको रेडपान्डा रसुवाका भूभागमा मारिएको समाचारले आफूलाई दुःखित तुल्याएको बताउँदै उच्चस्तरीय प्रशासन सुधार कार्यान्वयन तथा अनुगमन समितिका अध्यक्ष काशिराज दाहालले अवैध धन्दाका व्यक्तिलाई निरुत्साहित गरी रेडपान्डा संरक्षणबाट यस क्षेत्रको गरिमा उच्च पार्न आग्रह गरे ।

एफइएस नेपाल नामक संस्थाले संविधान कार्यान्वयनअन्तर्गत शनिबार यहाँका बासिन्दामाझ गरेको ‘आधुनिक राज्य निर्माणमा नागरिक शिक्षाको भूमिका’ विषयक प्रशिक्षण कार्यक्रममा अध्यक्ष दाहालले धार्मिक तथा पर्यटकीय क्षेत्र गोसाइँकुण्ड नेपाल–चीनको व्यापार–व्यवसाय अभिवृद्धि गर्ने रसुवागढी नाका तथा राजमार्गका रुपमा विकसित भएको पासाङल्हामु मार्ग संरक्षण गर्न पनि सुझाव दिए ।

Sagarmatha

उनले लाङटाङ राष्ट्रिय क्षेत्रभित्र रहेका सबैखाले जैविक विविधता संरक्षण गर्ने सबैको साझा दायित्व भएको उल्लेख गरे ।

नागरिक शिक्षा कार्यक्रम दुई दिनसम्म सञ्चालन हुने राजनीतिशास्त्री डा देवराज दाहालले बताए ।

प्रकाशित मिति : ७ कार्तिक २०७३, आइतबार  ३ : ०८ बजे