थुलुङ दुधकोशी गाउँपालिकाः ०७४ को मतअनुसार कुन राजनीतिक दलको स्थिति के छ ?

जिल्लाको ७ गाउँपालिकामध्ये सबैभन्दा बढि जनसंख्या भएको स्थानीय तह

  बुद्धवीर बाहिङ
1.3k Shares

सोलुखुम्बु । वि.सं. २०७४ सालमा सम्पन्न पहिलो स्थानीय तहको निर्वाचनमा जिल्लाको ७ गाउँपालिकामध्ये सबैभन्दा बढि जनसंख्या भएको थुलुङ दुधकोशी गाउँपालिकामा नेकपा माओवादी केन्द्रका उम्मेदवार असिम थुलुङ राईले २ हजार ५ सय १२ मत प्राप्त गरी विजयी हासिल गरेका थिए ।

उनका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका हुतराज बस्नेतले २ हजार ३ सय २४ मत प्राप्त गरेका थिए । नेपाली कांग्रेसका उम्मेदवार बस्नेतभन्दा माओवादी केन्द्रका उम्मेदवार राई १ सय ८८ मत प्राप्त गरेर विजयी भएका थिए ।

त्यस्तै नेकपा एमालेका अध्यक्ष पदका उम्मेदवार श्यामकुमार राईले १ हजार ६ सय ७७ मत प्राप्त गरेका थिए । नेपाली कांग्रेसबाट विद्रोह गरेर बागी उम्मेदवार बनेका वीरबहादुर गुरुङले ६ सय ३९ मत प्राप्त गरेका थिए । स्वतन्त्र उम्मेदवारी दिएका इन्द्रकुमार राईले २ सय र नयाँ शक्ति पार्टी नेपालका उम्मेदवार मणिकुमार तामाङले ७९ मत प्राप्त गरेका थिए ।

त्यस्तैगरी ०७४ सालको पहिलो स्थानीय तहको निर्वाचनमा थुलुङ दुधकोशी गाउँपालिका उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार सविता राई विजयी भएका थिए । उपाध्यक्ष राईले नेकपा माओवादी केन्द्रका उम्मेदवार मेनुका पुरी (गीरी)भन्दा ३ सय ११ मतान्तरले विजयी भएका थिए । उपाध्यक्ष राईले २ हजार ५ सय ८० मत प्राप्त गरेका थिए । उनको निकटतम प्रतिद्धन्द्धी माओवादी केन्द्रका उम्मेदवार गीरीले २ हजार २ सय ६९ मत प्राप्त गरेका थिए ।

नेकपा एमालेको तर्फबाट उपाध्यक्षमा उम्मेदवार बनेका कल्पना गीरीले २ हजार १ सय १९ मत प्राप्त गरेका थिए । उता स्वतन्त्र रुपमा उपाध्यक्षको उम्मेदवारी दिएका शुशिला राईले २ सय ४५ र अर्का स्वतन्त्र उम्मेदवार प्रमिला राईले ७२ मत प्राप्त गरेका थिए ।

०७४ को स्थानीय तह निर्वाचनमा थुलुङ दुधकोशीको ९ वडाको मतपरिणाम यस्तो छ

वडा नं. १ मा नेपाली कांग्रेसले वडा अध्यक्ष सहित ४ सदस्य पदमा जित हात पारेको थियो । वडा नं. २ मा भने नेकपा एमालेले वडा अध्यक्ष सहित ४ सदस्य पदमा विजय हासिल गरेको थियो ।

त्यसैगरी वडा नं. ३ मा वडा अध्यक्षसहित ३ सदस्य नेपाली कांग्रेसले जितेको थियो । एक सदस्य भने नेकपा माओवादी केन्द्रले जितेको थियो । वडा नं. ४ मा पनि वडा अध्यक्षसहित ४ सदस्य पदमा नेपाली कांग्रेसले नै जितेको थियो । वडा नं. ५ मा भने वडा अध्यक्षसहित ४ सदस्य पदमा नेकपा माओवादी केन्द्रले जितेको थियो ।

वडा नं. ६ मा वडा अध्यक्षसहित ४ सदस्य पदमा नेपाली कांग्रेसले जित हासिल गरेको थियो । भने, वडा नं. ७, ८ र ८ मा वडा अध्यक्षसहित अन्य सबै वडा सदस्यहरु नेकपा माओवादी केन्द्रले जितेको थियो ।

यो पनि

२०७४ को मत अनुसार सोलुदुधकुण्ड नगरपालिकामा कुन राजनीतिक दलको स्थिति के छ ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार