२८ भाद्र २०८३, आइतबार | Sun Sep 13 2026

मीरा राईलाई एड्भेन्चर्स अफ द इयरको उपाधीका लागि भोट दिन अपिल


२१ कार्तिक २०७३, आइतबार  

0
Shares

काठमाडौं, २१ कात्तिक । नेपाली अल्ट्रा धाविका मीरा राईलाई एड्भेन्चर्स अफ द इयरको उपाधीको लागि भोट दिन किरात राई खेलकुद संघका अध्यक्ष महेन्द्र राईले अपिल गरेका छन् । काठमाडौंमा एक कार्यक्रमबीच अध्यक्ष राईले वर्ष २०१६ को उत्कृष्ट साहसिक खेलसँग सम्बन्धित व्यक्तिलाई प्रदान गरिने उपाधीको मनोनयन सूचीमा धाविका राई परेसँगै उनलाई जिताउन भोट दिन अध्यक्ष राईले अपिल गरेका हुन् ।
विश्व विख्यात टेलिभिजन नेशनल जियोग्राफी च्यानलले हरेक वर्ष वितरण गर्ने एड्भेन्चर्स अफ द इयर अवार्डका लागि विश्वभरका साहसी खेलमध्ये बाट १२ औं संस्करणको लागि १० जनाको अन्तिम मनोनयन सूची सार्वजनिक गरेको छ ।
विश्वभरबाट आउने भोटको आधारमा विजेताको घोषणा सन् २०१७ को जनवरीमा गरिनेछ । भोटिङ नोभेम्बर ३ देखि सुरु भइ आगामी डिसेम्बर १६ सम्म दिन सकिनेछ । mira-rai-photo-1धाविका राईलाई नेशलन जियोग्रफिको आधिकारीक वेवसाइट मार्फत भोट दिन सकिनेछ । राईले दुई वर्ष देखि अल्ट्रा धाविकाको रुपमा राष्ट्रिय अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा सफलता बटुल्दै आएकी छिन् । पूर्वी नेपालको भोजपुरमा जन्मिएकी २७ वर्षीय मीरा राई तत्कालिन नेकपा माओवादीकी लडाकु थिइन् । शान्ति सम्झौतापछि सेनामा अयोग्य बनेपछि उनको औपचारिक रुपमा खेल क्षेत्रमा प्रवेश गरेकी थिइन् ।
काठमाडौं शिवपुरी जंगलको ट्रेलबाट अल्ट्रा रनिङ सुरु गरेकी उनले सन् २०१५ मा हङकङ, स्पेन, इटली, अष्ट्रेलिया लगायतका मुलुकमा अल्ट्रा दौडमा सहभागी भई सफलता हासिल गरेकी छन् ।
सन् २०१६ को सुरुमा इटलीमा भएको स्काइरनिङ अल्ट्रारेसमा दोस्रो स्थान हासिल गरेपछि निक्कै चर्चित बनेकी राई अल्ट्रारनरको विश्व बरियतामा दोस्रो स्थानमा आइन् । दुई महिनाअघि इटलीमै दौडका क्रममा चोटग्रस्त बनेकी उनी एसिएल इन्ज्युरीको उपचारपछि पुनः ट्रेलमा फर्कन संघर्षरत छन् ।
mira-rai-photo-2

कार्यक्रम किरात राई यायोक्खाका महासचिव जीवन हाताचोको प्रमुख आथित्यतामा सम्पन्न भएको थियो । सम्मान हुनेहरुमा अल्ट्रा म्याराथन धाविका मीरा राई, नेपालको नम्बर एक म्याराथन धावक भूमीराज राई, किरात राई यायोक्खा हङकङका सचिव बज्रकुमार थुलुङ, कराते सिनीयर खेलाडी स्पोट्स आइकन २०१६ विजेता शेसुका राई, सितोरियो करातेका सिनीयर खेलाडी मिस विउटी क्वाइन २०१६ का फस्ट रनरअप हिरादेवी राईलाई किरात राई खेलकुद संघले सम्मान गरेको छ ।
mira-rai-photo-3

मीरा राईलाई भोट गर्न यो लिङ्कमा क्लिक गरेर मीरा राईको नाममा क्लिक गर्नु पर्छ ।
http://www.nationalgeographic.com/adventure/adventurers-of-the-year/#vote
mira-rai-photo-4

Sagarmatha

mira-rai-photo-6

mira-rai-photo-8

mira-rai-photo-7

mira-rai-photo-9

mira-rai-photo-5

प्रकाशित मिति : २१ कार्तिक २०७३, आइतबार  ६ : ३४ बजे