८ असार २०८३, सोमबार | Mon Jun 22 2026

प्रतिनिधिसभा बैठक बस्दै, तिलगंगा नेत्र विश्वविद्यालय विधेयक छलफल हुने



काठमाडौं । संघीय संसद्को प्रतिनिधिसभा बैठक आज दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्दै छ । बैठकको कार्यसूचीमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले राष्ट्रियसभाबाट आएको ‘तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्ने छन् ।

उक्त विधेयक २०८१ असार ४ गते राष्ट्रियसभामा दर्ता भई २०८१ चैत ४ गते पारित भएको हो । विधेयकले आँखा स्वास्थ्य शिक्षाको क्षेत्रमा अध्ययन, अध्यापन तथा अनुसन्धान गर्न, विशेषज्ञ सेवासहितको स्वास्थ्य सेवा प्रदान गर्न तथा नवीनतम प्रविधिको विकास र विस्तारमार्फत आँखा स्वास्थ्यमा उत्कृष्ट प्राज्ञिक केन्द्रका रूपमा विश्वविद्यालय स्थापना र सञ्चालन गर्ने व्यवस्था गरेको छ ।

प्रकाशित मिति : ९ श्रावण २०८२, शुक्रबार  ३ : २६ बजे