९ बैशाख २०८३, बुधबार | Wed Apr 22 2026

सामाजिक सञ्जालमा रोइलो गरेर हुनेवाला केहि छैनः नेता कार्की [भिडियोसहित]



काठमाडौं । नेपाली कांग्रेस सोलुखुम्बुका नेता प्रकाशसिंह कार्कीले सामाजिक सञ्जालमा रोइलो गरेर हुनेवाल केहि नभएको बताएका छन् । नेपाली कांग्रेस सोलुखुम्बु जिल्ला समिति सोलुखुम्बुले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता कार्कीले व्यापक सामाजिक सञ्जाल प्रयोग गरेर धेरै नेता कार्यकर्ताहरुलाई फोन गरेर कार्यक्रममा नजानका लागि उर्दी लगाए पनि जिल्लाका केहि त्यो काम सफल नभएको बताएका हुन् ।

पार्टीभित्रको गुटबन्दी र केन्द्रीय नेताहरूको व्यवहारका कारण कार्यकर्तालाई जिल्ला जान पनि लाजमर्दो अवस्था आएको बताएका छन् । काठमाडौंमा डा. शेखर कोइरालाको प्रमुख आतिथ्यमा भएको ‘नेपाली कांग्रेस भित्रको अपरिहार्यता, सहमति, सहकार्य र एकता आजको आवश्यकता’ विषयक कार्यक्रममा बोल्दै नेता कार्कीले ‘अहिले देख्यौं होलानी को रहेछन् सच्चा कांग्रेस भनेर ।’

आफ्नै पार्टीका उम्मेदवारलाई हराउने प्रवृत्ति र नेताहरूबीचको प्रतिस्पर्धा नै कांग्रेसको ठूलो दुर्भाग्य बनेको कार्कीले बताए । उनले विगतका गल्ती सुधार्दै सहमति र एकतामा अघि बढ्नुको विकल्प नरहेको उल्लेख गर्दै भने, ‘आफ्नै कमजोरी सच्याएर अघि बढ्ने हो भने कांग्रेसलाई कसैले चुनौती दिन सक्दैन ।’

सामाजिक सञ्जालमा मात्र सक्रिय भएर पार्टी बलियो नहुने उनले चेतावनी दिँदै, जनताका गुनासो सुन्न गाउँ–टोलसम्म पुग्न नेताहरूलाई आग्रह गरे । आफूले प्राप्त गर्ने जिम्मेवारी इमानदारीपूर्वक पूरा गर्ने प्रतिबद्धता पनि व्यक्त गरे । कार्यक्रममा सोलुखुम्बु स्थायी घर भई काठमाडौं उपत्यकामा विभिन्न पेशा व्यवसायी गरी बसेका नेपाली कांग्रेस समर्थितहरुले उल्लेख्य उपस्थिति रहेको थियो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस 

प्रकाशित मिति : १ भाद्र २०८२, आइतबार  ३ : १२ बजे