काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्यमा निर्वाचन हुने भएको छ ।
रास्वपाले संशोधन गरेको विधान अनुसार १ सय जना निर्वाचित हुने व्यवस्था छ । एक नेताले दिएको जानकारी अनुसार, केन्द्रीय समिति सदस्यहरूमा सर्वसम्मत नहुने भएको हो ।
रास्वपाको महाधिवेशन भोलिबाट हुँदैछ । त्यसअघि आज वर्तमान केन्द्रीय समितिको अन्तिम बैठक बसेको थियो । उक्त बैठकमा सभापति रवि लामिछानेले पनि सम्बोधन गरेका थिए । उनले पार्टीका नेताहरूलाई स्वस्थ प्रतिस्पर्धामा उत्रिन अपिल पनि गरेका थिए ।

केन्द्रीय कमिटी चयन भइसकेपछि अरु पदाधिकारीका लागि पनि निर्वाचन हुने बताइएको छ ।







