७ कार्तिक २०८३, शुक्रबार | Fri Oct 23 2026

मकालु हीरक महोत्सवको तयारी अन्तिम चरणमा


१ मंसिर २०७३, बुधबार  

0
Shares

सङ्खुवासभा, १ मङ्सिर । सङ्खुवासभा जिल्लास्थित मकालु हिमाल आरोहणको ६० औँ वर्ष प्रवेशको अवसरमा सङ्खुवासभाको चिचिलामा आयोजना हुन लागेको मकालु हीरक महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ ।

आगामी मङ्सिर ६ र ७ गते आयोजना हुन लागेको हीरक महोत्सवले सङ्खुवासभाको मात्र नभएर देशकै पर्यटन विकासका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने हीरक महोत्सव आयोजक मूल समारोह समितिका संयोजक मिङ्मा शेर्पाले बताउनुभएको छ ।

संयोजक शेर्पाले पर्यटन क्षेत्रको विकास र आकर्षण बढाउन मकालु हीरक महोत्सवको आयोजना गर्न लागिएको बताउनुभयो । पर्यटकको सहजताका लागि मकालु हीरक महोत्सव चिचिलामा आयोजना गर्न लागिएको विश्वकै १४ वटा हिमाल आरोहण गर्न सफल आरोही मिङ्मा शेर्पाको भनाइ छ ।

Sagarmatha

विश्वका आठ हजार मिटरभन्दा बढी उचाईमा रहेका हिमालको सफल आरोहण गरेर गिनिज बुक अफ बल्र्ड रेकर्ड्समा नाम राख्न सफल शेर्पाले महोत्सवबाट आएको पैसाले सङ्खुवासभाको चिचिलामा मकालु हीरक पार्क समेत निर्माण गरिने योजना रहेको बताउनुभयो ।

संयोजक शेर्पाले हीरक महोत्सवको तैयारी गर्ने समय अलिक कम भएकाले हतारहतारमा कार्यक्रम गरिएको हुँदा यसलाई सफल पार्न जिल्लावासी सबैसमक्ष सहयोगको अपिल समेत गर्नुभएको छ ।

महोत्सव आयोजनाका लागि रु ८० लाख रकम आवश्यक भएपनि हालसम्म रु २० लाख मात्र रकम सङ्कलन भएको शेर्पाले बताउनुभयो । रासस

प्रकाशित मिति : १ मंसिर २०७३, बुधबार  ४ : ४४ बजे