दोहा (कतार) १८ मंसिर । प्रेस सेन्टर नेपालले कतारमा आफ्नो शाखा विस्तार गरेको छ । कतार कार्यरत पत्रकारहरुको शुक्रबार (नोभेम्बर २) सम्पन्न एक भेलाले होम बहादुर बस्नेतको अध्यक्षतामा १३ सदस्य प्रवास शाखा गठन गरेको हो ।
प्रेस सेन्टरका ३ नम्बर प्रदेशका अध्यक्ष सुनिल खड्का आथित्यतामा सम्पन्न भेलाले उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्षमा जैबी राई, रुद्र शर्मा आचर्य, इश्वर शाही र केशर खत्री चयन हुनु भएको छ । त्यसैगरी सदस्यहरुमा कर्ण लिम्बु महेश दाहल प्रशुराम श्रेष्ठ लक्ष्मण चौलागाईं कैलाश श्रेष्ठ ज्ञान बहादुर तामाङ निम बहादुर बस्नेत सन्तोष दङगाल रहेका नवनिर्वाचित अध्यक्ष बस्नेतले जानकारी दिए । भेलालाई सम्बोधन गर्दै प्रमुख अथिति ख्डकाले जनयुद्ध देखी बन्दुक बोकेका हातले नयाँ संविधान बनेको र अब ती हात ले कलम चलाएर संविधान कार्यनयन र देश बिकास र रोजगारी सिर्जनामा लाग्न जोड दिनु दिए । उनले भने ‘अब प्रवास बाट पनि प्रेस सेन्टर नेपाल कतार ले महत्वपूर्ण भुमिका खेल्ने छ र जनतालाई सकारात्मक भएर कलम चलाए पिडामा परेकालाई उद्दार र राहत सहयोग मिल्ने छ ।’
“गणतन्त्र पुर्ण प्रेस स्वतन्त्रता, हाम्रो सहभागीता¬–प्रेस सेन्टर प्रवास शाखा लाई बनाउ गतिशीलता” भन्ने मुल नारा रहेको भेलामा जनप्रगतिशिल मंचका होम नाथ शर्मा, दुर्गा प्याकुरेल, कार्यवाहक अध्यक्ष रकमध्वज राई लगाएतले भेला सफलताको शुभकामना दिएका थिए ।
दोहाको भुयान नेपाली आगनको होटलमा भएको उक्त कार्यक्रमको संचालन महेश दाहालको संचालन र कर्ण लिम्बुको अध्यक्षतामा सम्पन्न भएको थियो । उदयपुर जिल्लामा स्थानीय नयाँ पूर्वक्षितिज साप्ताहिकमा कलम चलाउदै आएका बस्नेत रोजगारीको शिलसिलामा पाँच बर्ष देखि कतारमा कार्यरत छन । अध्यक्षमा चयन भएपछि बस्नेतले प्रेस सेन्टरको भुमिका र प्रवासी नेपालीको समस्याको बारेमा निरन्तर कलम चलाउने प्रतिबद्धता जनाएका थिए ।
१८ मंसिर २०७३, शनिबार
21
Shares