उदयपुरको सडकको बारेमा संसदमा कुरा उठ्यो

0 Shares

तुलसी प्रसाद bhes kumariकोईराला
उदयपुर १५ भदौ । नेकपा (माओवादी केन्द्र) सासंद भेष कुमारी राउतले उदयपुरको सडकको अवस्थाबारे सरकारको ध्यानाकर्षण गराएकी छिन । सांसद राउतले व्यवस्थापिका संसदको विशेष समयमा बोल्दै सिद्धिचरण राजमार्ग अन्र्तगतको मिर्चैया–कटारी–घुर्मी सडक, धरान–चतरा–गाईघाट–कटारी–सिन्धुली–हेटौंडा सडक, जिल्ला प्राविधिक कार्यालयबाट संचालित राष्ट्रिय ग्रामिण सडक सुधार कार्यक्रमको बारेमा मंगलबार सरकारको ध्यानाकर्षण गराएकी हुन । उनले सिद्धिचरण राजमार्गको कटारी घुर्मी सडक खण्ड जिर्ण भएकाले तत्काल मर्मत गर्न माग गरेकी छिन । ससंदमा बोल्दै राउतले भनिन ‘सरकारले करोडौं बजेट लगानी गरेपनि सडकको अवस्था जीर्ण भएकाले यात्रुहरुले जोखिमपूर्ण यात्रा गर्नु परेको छ ।’
त्यसैगरी उक्त सडकखण्डको ठाँटी पहिरोमा भएको करोडौं लगानीको उपलब्धी नभएको भन्दै पहिरोको स्थायी रोकथाम गर्नु पर्नेमा जोड दिईन । ‘करोडौं लगानी गरेपनि ठाँटी पहिरो नियन्त्रण गर्न सकिएको छैन्, यसलाई वैकल्पिक मार्ग बनाएर समस्या समाधान गर्नु पर्छ ।’ उनले भनिन् । त्यस्तै धरान–चतरा–गाईघाट–कटारी–सिन्धुली–हेटौंडा सडकखण्डको काम ढिलासुस्ती भएकाले यसको विषयमा सभामूख मार्फत सरकारको ध्यानाकर्षण समेत राउतले गराइन ।
उनले बैकल्पीक राजमार्गको काम सरकार गम्भिर भएर उक्त सडकको कामले तिव्रता पाउनु पर्ने उनको भनाई थियो । ‘ धरान–चतरा–गाईघाट–कटारी–सिन्धुली–हेटौंडा सडकको काम ढिलासुस्ती भैरहेको छ, सम्वन्धित निकाय मार्फत यसलाई तीव्र रुपमा काम अघि वढाउनु पर्यो ।’
त्यसैगरी जिल्ला प्राविधिक कार्यालयबाट संचालित योजनाहरुको उदयपुरमा आएको ११ करोड बजेट फिर्ता गरेको बारेमा पनि वास्तविकता के हो प्रष्ट पार्न सरकारलाई राउतले आग्रह गरेकी छिन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार