बुद्धवीर बाहिङ/सोलुखुम्बु, १६ असार । सोलुखुम्बुको लिखुपिके गाउँपालिकामा नेकपा माओवादी केन्द्रका अध्यक्ष र उपाध्यक्षका उम्मेदवार विजयी भएका छन् । माओवादी केन्द्रबाट अध्यक्ष पदका उम्मेदवार डम्बरबहादुर बस्नेतले एक हजार एक सय ३६ र उपाध्यक्ष प्रमिला बस्नेतले एक हजार ४२ मत प्राप्त गरि विजयी भएका हुन् ।
सोलुदुधकुण्ड नगरपालिका, सोताङ, नेचासल्यान गाउँपालिकामा कांग्रेसले अग्रता लिएको छ भने दुधकोशी,महाकुलुङ र खुम्बुपासाङल्हामु गाउँपालिकामा एमालेले अग्रता लिएको छ । दुधकौशीका गाउँपालिकाको भने अझै मतगणना शुरु भएको छैन । भौगोलिक विकटताका कारण मतपेटिका मतगणना केन्द्रमा ढिलो आईपुगेकाले मतगणना कार्य ढिलो भएको मुख्य निर्वाचन अधिकृत प्रकाशचन्द्र अधिकारीले बताए ।
थप जानकारीका लागि तलको लिङमा क्लिक गर्नुहोस ।
१६ असार २०७४, शुक्रबार
315
Shares







