सोलुखुम्बु । सोलुखुम्बुको महाकुलुङ गाउपालिकामा बाम गठबन्धनका कार्यकर्ताले काग्रेसका कार्यकर्ताले पैसा बाढ्दै गर्दा रंगेहात पैसा खोसेका छन् । निर्बाचनको मुखमा बुधबार राती महाकुलुङ गाउपालिका स्थित गम भन्ने स्थानमा खहरे काईला भन्ने व्यक्तिको घरबाट काग्रेसका कार्यकर्ताले पैसा बाँडेको भन्दै बामका कार्यकर्ताद्धारा नगद ६९ हजार रुपैया बरामत गरेको बाम गठबन्धनका संयोजक तथा महाकुलुङ गाउपालिकाका प्रमुख सागर किरातीले जानकारी दिए ।
बामका एक समुहले खोसेको उक्त नगद हाल बाम गठबन्धन संगै रहेको जनाईएको छ । नेपाली काग्रेसका कार्यकर्ता नर बहादुर राई र मेख बहादुर राईको नेतृत्वमा रहेको काग्रेस कार्यकर्ताले रातको समयमा नगद बाडिरहेकाले खोसिएको गठबन्धनका संयोजक किरातीले बताए ।
यता काग्रेसका कार्यकर्ताले भने आफ्नो व्यक्तिगत प्रयोजनका लागी बोकेको नगद बामको कार्यकर्ताले खोसकोे बताएका छन् ।
नेपाली काग्रेसका नर बहादुर राईले भने आफ्नो व्यक्तिगत व्यवसायका लागी झोलामा बोकेको नगद मतदातालाई बाडेको आरोपमा जबरजस्ती खोसिएको बताएका छन् ।
महाकुलुङ गाउपालिका प्रमुख सागर किरतीले भने निर्वाचनको मुखैमा काग्रेसको यस्तो क्रियाकलापले निर्बाचन आचारसंहिताको ठाडो उलंघन भएकाले यसप्रति सबैको ध्यान जान जरुरी रहेको बताए । solukhumbusamachar.
७ मंसिर २०७४, बिहिबार
133
Shares







