१७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026

सल्लाहकारमै करोडौं खर्च



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ९१ सल्लाहकार राख्न पाउने र त्यसरी सल्लाहकार राखेमा करोडौं खर्च हुने समाचार अन्नपूर्ण पोस्ट दैनिकले आज छापेको छ ।
अन्नपूर्णले लेखेको छ– कुल बजेटको आधाभन्दा बढी रकम प्रशासनिक एवं कर्मचारीको तलबमा खर्च भइरहेको र संघीयता कार्यान्वयनमा अर्बौं रकम थप खर्च हुने अवस्थामा प्रधानमन्त्री ओलीले ९१ जनाको जम्बो टोली राख्लान् या नराख्लान ? प्रश्न उब्जेको छ ।
यसअघिका प्रधानमन्त्रीले राज्यकोषमा करोडौं व्ययभार पार्दै सल्लाहकार समूह र स्वकीय सचिवालयमा मात्रै ९१ जनासम्म कर्मचारी राख्दै आएका थिए । प्रधानमन्त्रीले सल्लाहकार समूहमा मन्त्री, राज्यमन्त्री, सरकारका सचिव, सहसचिव, उपसचिव र अधिकृतस्तरका कर्मचारीसरह सेवा सुविधा पाउने गरी ४६ जनासम्म कर्मचारी राख्न पाउँछन् । ओलीले मुख्य सल्लाहकारका रुपमा विष्णु रिमाललाई मन्त्रीसरहको हैसियतमा नियुक्त गरेका भए पनि अन्य सल्लाहकार नियुक्त गरेका छैनन् ।

प्रकाशित मिति : १९ फाल्गुन २०७४, शनिबार  ३ : ५२ बजे